इलाममा बाढीपहिरोले क्षतिग्रस्त सडक खुलाउन धमाधम काम हुँदै « Khabarhub

इलाममा बाढीपहिरोले क्षतिग्रस्त सडक खुलाउन धमाधम काम हुँदै


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वी पहाडका जिल्लाहरु जोड्ने मेची राजमार्ग असोज १८, १९ र २० गते परेको अविरल वर्षाका कारण इलामको राजदुवालीमा पहिरो खस्दा राजमार्ग ११ दिनदेखि ठप्प छ । अन्य सडकका पुलहरु पनि बग्दा वैकल्पिक मार्गहरु समेत सुचारु हुन सकेका छैनन् ।

तर पनि सडक विभाग माइजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक जोड्ने जोगमाई खोलामा अस्थाई डाइभर्सन निर्माणमा जुटेको छ । सोमबार जोगमाई हाइड्रोको केनल पल्टाउन नसकेपछि काम रोकिएको थियो ।

‘आज डाइभर्सनमा त्यो केनल पनि प्रयोग गर्ने गरी ३ ठाउँबाट फुटाउने काम भइसकेको छ । सोमबार काम गर्दा डाइभर्सन निर्माण गर्न अपुग भएको ह्यूमपाइप हिजै पाँचथरबाट सडक डिभिजन कार्यालयमा आइसकेको छ ।’ सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले भने ।

सडक विभागलगायत सबै सरोकारवाला निकाय राजदुवालीसँगै जोगमाई खोलाको पुल बगाएको स्थानमा डाइभर्सन निर्माणको काममा जुटेको उनले बताए । ‘निर्माणका लागि एक जनालाई जिम्मा दिएका छौँ, हामी पनि लागेका छौँ । सम्भवतः आज साँझसम्ममा तिल्केनी–माइबेनी–सिमलगोलाई खण्ड खुलाउँछौं । त्यहाँबाट सकेसम्म साना ठूला गाडी आवतजावत हुनेगरी डाइभर्सन निर्माण हुनेछ ।’ उनले भने ।

सरोकारवाला निकायसँग मिलेर स्थलगत निरीक्षण गरेपछि जिल्ला प्रशासन कार्यालय, इलामले आइतबार राजदुवाली खण्डको विकल्पमा यो खण्ड सुचारु गर्ने निर्णय गरेको थियो ।

इलाम सदरमुकाम तिल्केनीबाट मेची राजमार्ग गोदाक जोड्ने मुख्य विकल्पका रुपमा यस खण्ड सुचारु गर्न लागिएको हो ।
उक्त खण्डको जोगमाई खोलामा गत असारमा निर्माण सम्पन्न गरिएको बेलिब्रिज बाढीले बगाएको थियो । राजदुवाली खण्ड सुचारु गर्न पनि विभागले यतिबेला काम गरिरहेको छ ।

उक्त खण्डमा पानी नियन्त्रण तथा निकासको काम सम्पन्न गरी तल्लो स्लोप सफा गरिसकेको सडक विभागबाट खटिएका भू–प्राविधिक विशेषज्ञ मधुसुदन आचार्यले बताएका छन् । ‘राजदुवाली खण्डमा भने मंगलबारसम्ममा हामीले हामीले मुख्यतया भूमिगत पानी नियन्त्रण गरिसकेका छौँ, तलदेखि माथिसम्म तीन खण्डमा पहिरो खसेकोमा तल्लो खण्डको माटो हटाएर आजबाट दोश्रो स्लोपमा काम गर्छौँ, पानीलाई निकास दिएकाले भासिने क्रम कम हुँदै गएको छ’ आचार्यले भने ।

सम्भवतः पहरो पन्छाइसकेर गिट्टी हालेर रोलर लगाउँदा एक हप्ताभित्र यो खण्ड पनि खुलाउने गरी काम भइरहेको उनले बताए । ‘जोगमाईमा डाइभर्सन बनिसकेपछि सामान ढुवानीका लागि सहजहुनेछ र यताको काम पनि हप्ता दिनमा पक्कै खुल्ने आशा राख्न सकिन्छ ।’ आचार्यले भने ।

आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल निस्कने खण्डमा पनि क्षतिग्रस्त पक्की पुलको पिल्लर फिलिङ गरेर साना सवारी पास गराइ मेची राजमार्गसम्मको अस्थाइ निकास खुलाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : १० बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य