धुम्रपानको सेवनले लाग्ने रोग यी हुन् | Khabarhub Khabarhub

धुम्रपानको सेवनले लाग्ने रोग यी हुन्


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चुरोट, बिँडी, सिगार, हुक्का, कक्कड र सुर्ती सेवनलाई धुम्रपान भनिन्छ । सुर्तीमा स्वास्थ्यलाई असर पार्ने ४ हजार किसिमका रासायनिक पदार्थहरु हुन्छन् ।

ती मध्ये ४५ किसिमका रसायनलहरुले मानिसमा क्यान्सरको जोखिम बढाउँछ । सुर्तीमा पाइने निकोटिनजन्य रासायनिक पदार्थले मानिसको विभिन्न अंगहरुमा असर पुर्‍याउछ ।

धुम्रपान सेवनका कारण धेरै नेपालीले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपानको सेवनले मानिसहरुमा २५ प्रकारका रोगहरु लाग्ने गर्छ । विश्वमा प्रतिवर्ष ५० लाखको मृत्यु धुम्रपानका सेवनले हुने गरेको तथ्यांक छ ।

विश्वमा प्रतिमिनेट १० जना मानिसको मृत्यु धुम्रपानका कारण हुने गर्छ । एक अध्ययनका अनुसार एक खिल्ली चुरोट सेवन गर्ने व्यक्तिको आयु ७ मिनेट कम हुन्छ ।

धुम्रपान सेवनले लाग्ने प्रमुख रोग यी हुन्

–फोक्सो, पेट, फियो, मुत्रनली र पाठेघरको क्यान्सर,

–दम, खोकी, ब्रोङ्काइटिस हुने,

–मुटुको रोग हुने,

–मस्तिष्कमा रक्तश्राव हुने,

–गर्भको बच्चा कमजोर, रोगी र अपाङ्गता हुने,

–काम गर्ने क्षमतामा कमी हुने,

–मानसिक स्वास्थ्यमा असर पर्ने ।

सुर्तीजन्य पदार्थमा भएको निकोटिन र धुम्रपानबाट उत्पन्न हुने कार्बनमनोअक्साइडले मानिसको रगत र मस्तिष्कमा असर पुर्‍याउँछ । जसकारण धुम्रपान गर्ने मासिनमा यसको लत बस्छ । लत बसेपछि धुम्रपान छाड्न गाह्रो हुन्छ ।

धुम्रपानको लतबाट कसरी बच्ने ?

–साथीभाइको दबाबमा नपर्ने,

–धुम्रपानले गर्ने असरबारे सोच्ने,

–धुम्रपान छुटाउन स्वास्थ्यकर्मीको सल्लाह लिने ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ६ : ४४ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर