दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप « Khabarhub

दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारा र पर्सामा दुई दिनमा १ लाखले हैजाविरुद्धको खोप लगाएका छन् ।

हैजाको संक्रमणको प्रकोप तीव्र भएपछि सरकारले पर्सा र बाराका उच्च जोखिम भएका क्षेत्रमा हैजा नियन्त्रणका लागि गत आइतबार (२६ असोज) देखि खोप अभियान सुरु गरेको थियो ।

परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार पर्सामा १ लाख २९४ जना र बारामा १८ हजार ९६४ जनाले हैजाविरुद्धको खोप लगाइसकेका छन् । 

६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो । त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ ।

सरकारले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइरहेको छ । 

पर्सा जिल्लामा ६ लाख ५२ हजार १२९ र बाराका ३ लाख ६३ हजार ३१ गरी कुल १० लाख १८ हजार खोप दिइने लक्ष्य छ । मुखबाट खुवाइने इयूभिकोल-एस खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो ।

नेपालको नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भएको छ । यसको एक मात्रै दिइने छ । यसभन्दा अगाडि पनि काठमाडौँ उपत्यका र कपिलवस्तुमा हैजाविरुद्धको खोप दिइएको थियो ।

विज्ञका अनुसार खोप खुवाएको दुई हप्तापछि खोपको प्रभावकारिता ८२ प्रतिशत देखिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : २१ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको