भूमि आयोग फर्काउनुपर्ने मागसहित एमालेका दुई जनसंगठन सडकमा « Khabarhub

भूमि आयोग फर्काउनुपर्ने मागसहित एमालेका दुई जनसंगठन सडकमा


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) निकट भूमि अधिकार तथा श्रमिक संगठन नेपाल र अखिल किसान महासंघले काठमाडौँमा संयुक्त प्रदर्शन गरेका छन्।

मंगलबार अपराह्न भूमि अधिकार तथा श्रमिक संगठन नेपालको आह्वानमा काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन गरिएको हो।

सभामा बोल्दै भूमि अधिकार तथा श्रमिक संगठन नेपालका अध्यक्ष इन्द्र तामाङले सरकारले तत्काल आयोग पुनःस्थापना नगरे आन्दोलनको आँधी ल्याउने चेतावनी दिए।

उनले गरिब किसानको हितमा स्थापना गरिएको आयोग खारेज गरेपछि आफूहरू सडक आन्दोलनमा जानुपरेको पनि स्पष्ट पारे।

किसान महासंघका अध्यक्ष दंगालले भने, ‘भूमि समस्या समाधान अयोग अविलम्ब पुनःस्थापना होस् । सरकारले तत्काल निर्णय सच्याओस्।’

सरकारले निर्णय फिर्ता नलिए ५ लाखभन्दा बढी श्रमिक तथा किसान सडकमा उतारेर आन्दोलन गर्ने चेतावनी उनले दिए । 

भूमि अधिकार तथा श्रमिक संगठन नेपाल महासचिव उमेश आचार्यले जेन-जी आन्दोलनपछि एमालेको जनसंगठनमध्ये सडकमा पहिलो भूमि अधिकार तथा श्रमिक संगठन उत्रिएको बताए। प्रदर्शनका क्रममा सरकारविरुद्ध चर्को नाराबाजी भएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ७ : ५० बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द