विपिन जोशीको निधनले नेपालीलाई गहिराे पिडा दियो :सभामुख घिमिरे « Khabarhub

विपिन जोशीको निधनले नेपालीलाई गहिराे पिडा दियो :सभामुख घिमिरे


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलमा हमासको आक्रमणपछि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले दुःख व्यक्त गरेका छन्।

सभामुख घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनले केवल उनको परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई गहिरो पीडा पुर्याएको बताएका छन्। उनले विपिनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

विज्ञप्तिमा सभामुख घिमिरेले भनेका छन्, “विपिनको जीवन रक्षाका लागि अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विशेष पहल गरिदिन अनुरोध गरेको थिएँ। सभामुखको तर्फबाट विभिन्न संसदीय फोरमसँगै कूटनीतिक पहल भए पनि परिणाम दुखद हुन गएको छ।”

उनले इजरायलमा अध्ययनरत जोशी देशका लागि ज्ञान, सीप र अनुभव लिएर फर्कने सपना बोकेका युवा भएको उल्लेख गर्दै उनको असामयिक निधन हृदयविदारक भएको बताएका छन्।

घिमिरेले आगामी दिनमा नेपाली नागरिकको सुरक्षाका लागि नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावास र सम्बन्धित निकायहरूले अझ प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ८ : ३२ बजे

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक