अमेरिका पुगेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त | Khabarhub Khabarhub

अमेरिका पुगेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

वाशिङ्गटन डिसी – विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाएका छन्।

मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गरेका थिए। उक्त भेटको अवसरमा द्विपक्षीय व्यापार र करका नीतिहरूका बारेमा छलफल भएको थियो।

उक्त छलफल उपयोगी भएको यहाँस्थित राजदूतावासले जनाएको छ। उक्त भेटका अवसरमा अमेरिका तथा नेपालका अधिकारीहरूको सहभागिता रहेको थियो।

त्यसैगरी, मङ्गलबार नै मन्त्री खनालले विकासका लागि साउदी फण्डका अध्यक्ष अब्दुल रहमान अल मर्सदसँग सहकार्य गर्नेसम्बन्धी विषयमा छलफल गरेका छन्। यस अगाडि उनले नेपालको विकासमा साझेदारी गर्दै आएका विभिन्न अन्तरराष्ट्रिय निकायका प्रतिनिधिसँगसमेत छलफल गरेका थिए।

भेटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा अन्य कर्मचारीको समेत सहभागिता थियो।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : २१ बजे

प्रधानमन्त्री कार्कीसँग दक्षिण कोरियाका राजदुत पार्कको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत

टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२०

अनमोललाई प्रश्न : ‘जेरी अन टप’ले पहिलो पटक १० करोड ग्रस कलेक्सनको अनुभव गराउँछ ?

काठमाडौं – नायक अनमोल केसीलाई रुचाउने मेकरहरुले उनलाई ‘मेघा स्टार’को

कसरी उठ्ला अकल्पनीय विपद् झेलेको इलाम ?

काठमाडौं– पर्यटक लोभ्याउने देशकै पर्यटकीय जिल्ला इलाम अहिले पीडामा छ