संयमता अपनाउन भारत र पाकिस्तानलाई नेपालको आग्रह « Khabarhub

संयमता अपनाउन भारत र पाकिस्तानलाई नेपालको आग्रह


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाठौं– परराष्ट्र मन्त्रालयले भारत र पाकिस्तान दुबै मुलुकलाई संयमता अपनाउन आह्वान गरेको छ । भारत प्रशासित कश्मीरको पुलावामामा गत फेब्रुअरी १४ मा ४० जना भन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान जानेगरी भएको आतंकवादी आक्रमण पछि भारत र पाकिस्तानबीच पछिल्लो समय तनाव उत्कर्षमा रहेका बेला नेपालले दुवै मुलुकलाई संयमता अपनाउन आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै दुबै मुलुकलाई संयमता अपनाई वार्तामार्फत् समस्याको समाधान गर्न आह्वान गरेको हो । नेपालले यस्तो जघन्य आतंकवादी आक्रमणको निन्दा गरेको भन्दै परराष्ट्र मन्त्रालयले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्र रहेको नाताले दक्षिण एशियाका दुबै मुलुकलाई संयमता अपनाउन तथा स्थितीलाई सामान्य बनाउन तर्फ कदम चाल्न समेत आह्वान गरेको हो ।

नेपालले दुबै मुलुकलाई अस्थीरता उत्पन्न हुने कुनै पनि कदम नचाल्न आग्रह समेत गरेको छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ९ : २१ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज