ओलीको जिकिर : एमाले सधैँलाई सरकारबाट हटेको होइन, कोही भ्रममा नपर्नू « Khabarhub

ओलीको जिकिर : एमाले सधैँलाई सरकारबाट हटेको होइन, कोही भ्रममा नपर्नू


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

बुधबारदेखि सुरू भएको एमालेको दशौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले देशका लागि एमाले चाहिने बताए । एकछिन सरकारबाट हट्दैमा एमाले सधैंका लागि हट्यो भन्ने भ्रममा नपर्न उनले दोहोर्‍याए ।

‘देशका लागि एमाले चाहिन्छ । अहिले हामी एकछिन सरकारबाट हट्दा सधैँका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला कतिपयले । यो भ्रममा कोही पनि नपर्दा हुन्छ भन्ने म ठान्छु,’ उनले भने ।

उनले एमाले सरकारमा भएकै बेला चीनसँट ट्रान्स्पोर्ट ट्रान्जिट एग्रिमेन्ट भएको, दैलेखमा ग्यास खानीको सर्वेक्षण गरेको, नवलपरासीको धौवादीमा फलाम कारखानाको सम्भाव्यताका अध्ययन सुरू गरेको बताए ।

ती कामहरु असाधारण महत्वका रहेको बताउँदै उनले अबको केही समयपछि नेपालले व्यवसायिक उत्पादन सुरू गर्ने उनले बताए ।

ओलीले एमालेभित्रै खुट्टा तान्ने मान्छेहरू रहेको पनि बताए । ‘एमालेमा खुट्टा तान्ने, इर्ष्या गर्ने प्रवृत्ति रह्यो, कसरी असफल बनाउने भन्ने रहे’, उनले भने, ‘सरकारले ऐतिहासिक महत्वका काम गर्दा पनि खुट्टा तानियो । आफ्नै दलको सरकार पार्टीकै मान्छेले असफल बनाए ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १२ : ३५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा