ताल सुक्न थालेपछि संरक्षणको चुनौती बढ्दै « Khabarhub

ताल सुक्न थालेपछि संरक्षणको चुनौती बढ्दै


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराह ताल, जैमिनी नगरपालिका–३ गाजा दह (ताल), काठेखोला गाउँपालिका–४ को खोर ताल, बागलुङ नगरपालिका–१० स्थित बराह तालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो । 

एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । पछिल्लो समय गाउँगाउँमा मोटरबाटो पुग्न थालेपछि तालमा पानी कम हुँदै गएको ढोरपाटन–९ का धनबहादुर पुनले बताए। गाउँ तथा नगरपालिकाले सडक विस्तार तथा ताल व्यवस्थापन गर्ने भन्दै डोजर चलाएपछि तालमा पानीको सतह घटेर सुक्न थालेका उनको भनाइ छ ।

नेपालको एक मात्रै शिकार आरक्ष ढोरपाटन जाने सडक छेउमा रहेको तालले पर्यटकलाई आकर्षित गर्दै आएको थियो । सात वर्ष अगाडि नगरपालिकाले ताल सौन्दर्यकरण गर्न डोजर लगाएपछि करिब ९० प्रतिशत पानी सुकेको पुनले जानकारी दिए। 

पुनले भने, “पहिले रुद्रा ताल ठूलो थियो, धार्मिक आस्थाका हिसाबले यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने मान्यता थियो, यहाँको जलले स्नान गर्दा शरीरमा कुनै पनि रोग लाग्दैन भन्ने जनविश्वास थियो । अहिले पानी सुकेर हिलो मात्रै छ, जब यहाँ डोजर लगाएर सम्याउने काम भयो त्यसपछि तालको पानी सुक्यो, अहिले नामको मात्रै ताल छ, तालमा पानी छैन ।’

जैमिनीको गाजा दहमा पनि डोजर लगाएपछि करिब ४० प्रतिशत पानी घटेको स्थानीय बताउँछन् । चार वर्ष अगाडि डोजर लगाएर तालको क्षेत्रफल विस्तार गरिएको थियो । काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल छ वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् । 

आर्थिक वर्ष २०७९-८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएपछि ताल सुकेको स्थानीय गङ्गाबहादुर किसानले जानकारी दिए। गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको उनको भनाइ छ । तालमा एकाएक पानी सुक्न थालेपछि आफूहरू चिन्तित भएको उनले बताए ।  

‘तालमा पानी सुकेपछि चिन्ता बढ्नुका साथै स्थानीय अचम्मित भएका छौँ । पाँच–छ वर्ष अगाडि पानीले भरिभराउ ताल अहिले पूरै रित्तैछ, यो ताल निकै ठूलो थियो, सफा पानी हुन्थ्यो । हामी सानो हुँदा यही पानी भरेर खान्थ्यौँ, हावाले पात ल्याएर खसाले पनि चराले सफा गर्दथे’, उनले भने, ‘तालमा डोजर लगाउनु गलत भयो, पानी रोक्नलाई गाउँपालिकाले सिमेन्टको पर्खाल लगायो, तर तालको पानी सबै सकियो ।’

तमानखोला गाउँपालिकाले पनि ताललाई व्यवस्थित गर्न ३० लाख लगानी गरेर संरक्षण थालेको थियो । अहिले संरक्षण गर्दा उल्टै ताल सुक्न थालेको छ । गाउँपालिकाले ताल संरक्षणका लागि तारबार लगाउनुका साथै त्यस वरपर थुप्रै पर्यटन पूर्वाधार निर्माण गरेको छ । 

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पानीको स्रोत भएको ठाउँमा डोजर प्रयोग गर्दा मुहान सुक्न थालेको बताए। पालिकाले व्यवस्थित गर्न डोजर चलाउँदा विभिन्न ठाउँमा पानीको मुहान सुकेपछि अहिले त्यस्ता ठाउँमा उपकारण् प्रयोग गर्न छोडिएको उनको भनाइ छ ।

बागलुङ नगरपालिका–१० स्थित भकुण्डेको बराह तालमा पनि पानी कम भएको छ । बागलुङ बजार नजिकै रहेको यो ताल पर्यटकका लागि आकर्षित गन्तव्य बनेको छ । अन्य तालको तुलनामा यो तालमा भने पानी अलि बढी देखिन्छ । यहाँ बिदाको समय आन्तरिक पर्यटक पुग्ने गरेका स्थानीय बताउँछन् ।

बागलुङ र पूर्वरुकुमको सिमानामा रहेको रिगतालमा पनि निसीखोला गाउँपालिकाले डोजर चलाएपछि २० प्रतिशत पानी घटेको स्थानीयको भनाइ छ । मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेभन्दा केही माथिपट्टी पर्ने यो तालमा दैनिक आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । पानीको मात्रा घट्दै गएपछि ताल संरक्षणमा चुनौती बढेको स्थानीय तथा सरोकार भएकाहरू बताउँछन् ।
 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १२ : ३६ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति