काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरू बिग्रिएको भन्दै प्रश्न उठाएका छन्।
उनले एमालेका नेताहरूले आफूलाई सप्रिन आग्रह गरेको बताउँदै तर आफू कहिल्यै नबिग्रिएको जिकिर गरेका छन् ।
बुधबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा ओलीले भने, ‘केपी ओली बिग्रेको भए पो सप्रिनू । पार्टीका कुरा नगर्ने, बाहिर विरोधीको लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चाहिँ सप्रिनु पर्ने छ।’
ओलीले आफ्नै पार्टीका नेताहरूले अप्ठ्यारो अवस्थामा पनि सहयोग नगरेर लहैलहैमा लागेको आरोपसमेत लगाएका छन्।
उनले अहिलेको सरकार प्रतिगमनबाट बनेको जिकिर गरे । ‘प्रतिगमनबाट बनेको अवैध सरकारबाट चुनाव हुँदैन’, उनले भने, ’अहिलेको सरकारले नै चुनावको वातावरण बिगारेको छ ।’
प्रतिक्रिया