अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी « Khabarhub

अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको अकबरे खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ ।

मकवानपुरका दुई किसानबाट कालीमाटी बजारमा ल्याइएका अकबरे खुर्सानीमा क्रमशः ४९.०३२ र ५१.४४६ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी बजारका १७ वटा पसलबाट संकलित १७ थरी तरकारी तथा फलफूलको नमूना परीक्षण गर्दा यस्तो तथ्य सार्वजनिक भएको हो । परीक्षण अनुसार, सो खुर्सानीमा पाइएको विषादीको मात्रा सरकारले तोकेको सीमा भन्दा निकै माथि रहेको छ । सरकारको मापदण्ड अनुसार अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्र उपभोगयोग्य मानिन्छ । 

५ देखि ४५ प्रतिशतसम्म पाइएमा केही दिन राखेपछि मात्र खान मिल्ने प्रावधान छ भने ४५ प्रतिशतभन्दा बढी भएमा त्यस्ता तरकारी उपभोगका लागि पूर्ण रूपमा अयोग्य ठहरिन्छन् ।

यसअघि पनि सोमबार मकवानपुरबाट ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत विषादी फेला परेको थियो । त्यस्तै, गत बिहीबार कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएका हरियो फर्सी, काँक्रो र घिरौँलामा समेत अत्यधिक मात्रामा विषादी अवशेष भेटिएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १२ : ४७ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा