माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु  | Khabarhub Khabarhub

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा आज एक जनाको मृत्यु भएको छ ।

स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू घर नजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागी बेहोस भएका थिए ।

उनलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ६ : १८ बजे

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु

यस्तो छ सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज समापन हुँदै 

काठमाडौं– नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज

एमाले केन्द्रीय सदस्य ढकालको प्रस्ताव : पार्टी एकताबद्ध राख्न ओली नेतृत्व अपरिहार्य

काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य भुमिश्वर ढकालले पार्टीलाई एकताबद्ध

बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान

काठमाडौं– बलिउडमा कलाकारहरूबीचको पारिश्रमिक असमानता लामो समयदेखि बहसको विषय बनेको