रक्षा साझेदारी थप सुदृढ बनाउन भारत र मालदिभ्सका अधिकारीबीच छलफल « Khabarhub

रक्षा साझेदारी थप सुदृढ बनाउन भारत र मालदिभ्सका अधिकारीबीच छलफल


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रक्षा साझेदारीलाई थप सुदृढ बनाउने विषयमा भारत र मालदिभ्सका अधिकारीबीच छलफल भएको छ । भारतका रक्षासचिव राजेश कुमार सिंहको मालदिभ्स भ्रमणका क्रममा दुई देशका प्रतिनिधिबीच छलफल भएको हो ।

भ्रमणका क्रममा रक्षासचिव सिंहले मालदिभ्सका विदेश मामिलामन्त्री अब्दुल्लाह खलिलसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा सैन्य साझेदारी, क्षमता विकास, रक्षा उपकरण प्रवद्र्धन र क्षेत्रीय सुरक्षाजस्ता विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

छलफलका क्रममा दुबै देशका अधिकारीले रक्षा, समुद्री सुरक्षा तथा क्षमता विकासजस्ता क्षेत्रमा सहकार्य अभिवृद्धिजस्ता विषयमा पनि चर्चा गरेको एएनआईले उल्लेख गरेको छ । भारतीय रक्षा मन्त्रालयले मालदिभ्स भारतको छिमेक प्रथम कार्यक्रम तथा महासागर भिजनको महत्वपूर्ण साझेदार रहेको स्मरण गरेको छ ।

पछिल्लो समय भारत र मालदिभ्सबीच रक्षा सम्बन्ध सुमधुर बन्दै गइरहेका बेला साझेदारी सुदृढ गर्ने विषयमा छलफल भएको हो । यसअघि मे महिनामा पनि मन्त्री खलिलले भारतको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ७ : ३९ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील