तनावमा देखिएकी प्रधानमन्त्री पत्रकारले प्रश्न सोध्दा झोंक्किइन्, झर्किएर जवाफ दिएको भिडियो भाइरल | Khabarhub Khabarhub

तनावमा देखिएकी प्रधानमन्त्री पत्रकारले प्रश्न सोध्दा झोंक्किइन्, झर्किएर जवाफ दिएको भिडियो भाइरल


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले अझैसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेकी छैनन् ।

११ सदस्यीय बनाउने भनिएको मन्त्रिपरिषद्मा अहिले उनीसहित ८ जना मात्रै छन् । सरकारले गति लिन नसकेको, क्याबिनेटले पनि पूर्णता नपाएको, जेन-जीका विभिन्न समूहका अनेक माग तेर्सिएका र जनअपेक्षा उच्च रहेका बेला प्रधानमन्त्री दबाबमा देखिन्छिन् ।

त्यही दबाबको चिडचिडाहटबाट उत्पन्न आक्रोश बिहीबार पोखियो। सिंहदरबारबाट बाहिरिने क्रममा सञ्चारकर्मीले उनलाई सोधिदिए, ‘प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद कहिले विस्तार हुन्छ ? यो प्रश्नले सरकारी गाडीमा चढ्नै लागेकी प्रधानमन्त्री कार्की रिसाइन् । रिसाइनन् मात्रै उनले झोँक्किएर पत्रकारलाई जवाफ दिइन् । झोंक्किदै उनले पत्रकारलाई जवाफ दिइन्, ‘भएको भयै छ नि !’

यसअघि गत साता मात्रै उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन चारजना युवाहरूको अघि सारेकी थिइन् । तर मन्त्रीमा सिफारिस युवाहरूको नाममा विवाद भयो । कोही तिब्बती शरणार्थीका रुपमा जोडिए, कोहीलाई अमेरिकी पक्ष भनेर विरोध गरियो ।

उनीहरूको शपथ यही सोमबार गराउने तयारी थियो । तर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री कार्की मन्त्रिपरिषद् विस्तार गर्नबाट पछि हटेकी थिइन् । अनेक दबाबमा देखिएकी प्रधानमन्त्रीले त्यही कुरा बिहीबार सिंहदबारमा प्रकट गरेकी छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ७ : ५२ बजे

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा– ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ

एक सय पाँच वर्षीया लमी कुमारीसहित तीन ज्येष्ठ व्यक्तित्व सम्मानित

भोजपुर– समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिकाले तीन जना

पुष्प व्यवसाय : आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत

दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी