जापानमा आँधीका कारण ज्यान गुमाउनेको संख्या २५ पुग्यो | Khabarhub Khabarhub

जापानमा आँधीका कारण ज्यान गुमाउनेको संख्या २५ पुग्यो


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको हागिबिस नामक आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । आँधीमा परी करिब १५ बेपत्ता भएको जनाइएको छ ।

आँधीसँगै भएको बर्षाका कारण कैयौँ नदीहरूमा बाढी आएको र नदीको पानी वस्तीहरूमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो

“आँधीका कारण ३ लाख ७६ हजार घरहरूमा विद्युत आपूर्ति अवरूद्ध भएको, १४ हजार घरहरूमा खानेपानीको अभाव भएको छ,” चिफ क्याविनेट सेक्रेटरी योशिहिदे सुगाले बताए ।

उद्धारकर्ता तथा जापानी अधिकारीले दिएको जानकारी अनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी पहिरो गएको र कतिपय बस्तीहरू डुवानमा परेका छन् ।

सरकारले आँधीपछि २७ हजार स्वयम्सेवक बललाई उद्धार र राहतका लागि खटाएको जनाएको छ । भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले दिएको जानकारी अनुसार आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा वाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ ।

स्थानीयहरूले आँधी विगत ५० बर्ष यताकै शक्तिशाली भएको बताएका छन् । आँधीको प्रभाव सबैभन्दा धेरै नागानो राज्यमा परेको बताइएको छ । अधिकारीले आँधीपछि नागानो र छिमेकी राज्यका शहरहरूका बासिन्दालाई सुरक्षाका लागि अझै सावधानी अपनाउन निर्देशन गरेको छन् ।

मन्त्रालयका अनुसार कतिपय वस्तीहरूमा बाढीको पानी करिब पाँच मिटरसम्म जमेको बताइएको छ भने त्यहाँका बासिन्दाले उद्दारका लागि घरका तलाहरूबाट हात हल्लाएर अनुरोध गरेका भिडियोहरू टेलिभिजन तथा सामाजिक सञ्जालमा देखिएका छन् ।

नागानो क्षेत्रमा चल्ने जापानका बुलेट रेलहरूसमेत डुवानका कारण अवरूद्ध बनेका छन् । रेल कम्पनीका अनुसार १० वटा रेलका १२० डब्वाहरूमा क्षति पुगेको छ ।

जापानको मौसम विज्ञानसम्बन्धी निकायले टोकियो र प्रभावित १२ वटै राज्यमा भारी बर्षा हुने सम्भावना रहेको बताउँदै नदी वरपरका क्षेत्रमा सतर्क बन्न सूचना जारी गरेको छ । आइतबारसम्म तुफानको प्रभाव निकै कम भएको बताइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ८ : ४६ बजे

तराई-मधेश जागरण अभियान सफल भएको माओवादीको दाबी

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ । बैठकले 

मन्त्रिपरिषदका निर्णय : गभर्नर सिफारिस समितिमा अधिकारी– नेपाल स्मार्ट सहरसम्बन्धी विधेयक स्वीकृत

काठमाडौं – सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नाम

पदबहाली गर्दै राज्यमन्त्री गर्बुजाले भने- देश र जनताका पक्षमा काम गर्छु

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका

एउटै शिविरमा छ सय जनाको मुटुको परीक्षण

चितवन–  सहिद गङ्गालाल हृदय रोग केन्द्रका विशेषज्ञ चिकित्सकसहितको टोलीले भरतपुर

अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू कार्यान्वयन गर्नुपर्ने माग

काठमाडौं– राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले नेपालले अनुमोदन गरेका अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय