दाइजोका कारण नेपाली चेलीको भारतमा हत्या, पतिसहित ४ जना पक्राउ | Khabarhub Khabarhub

दाइजोका कारण नेपाली चेलीको भारतमा हत्या, पतिसहित ४ जना पक्राउ


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ ।

भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ ।

मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ । सहनीलाई दाइजोका लागि उनका परिवारका सदस्यले हत्या गरेको आशङ्का गरिएको छ ।

भारतीय प्रहरीले हत्या आरोपमा मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ रहेको छ । सासू र जेठानी भने फरार रहेकोमा उनीहरुलाई खोजीकार्य भइरहेको भारतीय प्रहरीको भनाइ रहेको छ ।

कुटपिटपछि हत्या भएको अनुमान गरिएको छ भने थप आवश्यक अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ६ : ५३ बजे

श्रीलंकाको केन्द्रीय बैंकद्वारा डिजिटल भुक्तानी प्रवर्द्धन अभियान

कोलम्बो– श्रीलंकाको केन्द्रीय बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन अभियान सुरु गरेको

१२ प्रतिशतले बढ्यो राजस्व संकलन 

भद्रपुर– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१-८२ को

विराट एक्स्पोमा विद्यार्थीलाई करिअर काउन्स्लिङ पेभिलियन

विराटनगर – माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस मैदानमा हुने

नेपाल कबड्डी लिग शुक्रबारबाट काठमाडौंमा

काठमाडौं – नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै