महिला क्रिकेट लिगको तयारी अन्तिम चरणमा « Khabarhub

महिला क्रिकेट लिगको तयारी अन्तिम चरणमा


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

असोज २९ गतेदेखि कात्तिक ७ गतेसम्म चल्ने प्रतियोगिताका लागि खेलाडी काठमाडौं आउनेदेखि मैदान व्यवस्थापनको काम भइसकेको आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए ।

‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको छ। मैदान व्यवस्थापन लगायत प्राविधिक काम पनि भइसकेको छ’, लामाले भने, ‘प्रतियोगिताका लागि सहभागी टोलीहरु काठमाडौं आइसकेका छन्।’

वुमन्स च्याम्पियन्स लिगका लागि विभिन्न ५ शहरका ५ वटा टिम रहेका छन् । महिला क्रिकेट लिग नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो।

प्रतियोगिता किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुनेछ। प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन,क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा २९ गते काठमाडौं क्विन्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। लिग चरणको उद्घाटन हुने दिन बाहेक अन्य दिन २–२ वटा खेल हुनेछन् ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ७ : ०७ बजे

संसद्‌मा मन्त्री गौतमको जवाफ : अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतले तोकेका

फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन

काठमाडौं– श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न