विश्वकप छनोट : नेपालले मंगलबार जोर्डनसँग खेल्ने « Khabarhub

विश्वकप छनोट : नेपालले मंगलबार जोर्डनसँग खेल्ने


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत नेपालले मंगलबार (भोलि) जोर्डनविरुद्ध खेल्दैछ।

छनोट खेलमा नेपालले जोर्डनसँग उसैको घरेलु मैदानमा खेल्न लागेको हो । नेपाल र जोर्डनबीचको खेल मंगलबार राति ९ बजेर ४५ बाट शुरु हुनेछ।

छनोटको चौथो खेल खेल्न लागेको नेपाल जोर्डनसँग सक्दो राम्रो खेलेर अंक खोस्ने लक्ष्यमा रहने छ । असोज २३ मा नेपालले अस्ट्रेलियासँग खेलेको थियो । जुन खेलमा नेपाल ५–० गोल अन्तरले पराजित भएको थियो।

छनोटको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो भने चाइनिज ताइपेइसँ २–० गोलको जित हात पारेको थियो।

यसअघि नेपालले जोर्डनसँ सन् २०११ जुलाई २३ र २८ मा खेलेको थियो। त्यतिबेला नेपाली टोलीले अवे खेलमा उसैको मैदानमा ९–० गोल अन्तरले पराजित भएको थियो भने काठमाडौंमा भएको होम गेममा १–१ गोल बराबरी खेलेको थियो।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ७ : ४१ बजे

कोइलाको अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

मकवानपुर‍– हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन

नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

वीरगञ्ज– बाराको जामुनी नदीमा निर्माणाधीन जामुनी ब्यारेजको हेडवक्र्स (बाँध) क्षेत्रमा

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाडौं– बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ

स्याउका बोट सेताम्मे, फूल फुल्ने बेलामा मौसमले साथ दिँदा किसान खुसी

मुस्ताङ– यहाँको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ