कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण « Khabarhub

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–३ मा रहेको सेतोखोलामा मोटरबल पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय मुस्ताङले २५ मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माण भएपछि सेतोखोलामा जोखिम मोलेर सवारीसाधन वारपार गराउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईँले रु छ करोड ३५ लाख ७९ हजार ६९६ को लागतमा ११ मिटर फराकिलो (आरसिसी) प्रविधिको पुल निर्माण भएको जानकारी दिए । उनका अनुसार २०८० साल असार ११ गते ठेक्का सम्झौता गरेको हिमालयन ताण्डपेश्वर जेभीले निर्धारित समयभन्दा एक महिना अघि पुल निर्माण सकेको हो ।

प्रतिकूल भूगोल र मौसमको बाबजुद समयतालिकाअनुसार मजदुर, उपकरण परिचालन र निर्माण सामग्री परिचालन गरेर निर्धारित समयभित्रै पुल निर्माण गरेको कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले बताए ।

“बर्खामा दिउँसो १२ बजेपछि पानी र हिउँदको चार महिना चिसो हुने लेतेमा सम्झौतालगत्तै चार महिना बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन नहुँदा निर्माण सामग्री ढुवानी गर्न पाएका थिएनौँ”, उनले भने, “मौसमको अनुकूलता हेरेर पनि मजदुर, प्राविधिक, आयोजना कार्यालय, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको साथसहयोगले निर्धारित सयममै पुल बनाउन सफल भयौँ ।”

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकअन्तर्गत २४ मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १३ वटा निर्माण सकिएको छ । थासाङ गाउँपालिकाको कैह्कु र कोवाङ खोलामा थप दुईवटा मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको इञ्जिनियर चापागाईँले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १० : ४६ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ– मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका ५६ जिल्लामा अधिवेशन सम्पन्न, आजदेखि प्रदेश अधिवेशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको