अर्थमन्त्रीद्वारा सिङ्गापुरका राष्ट्रपतिसँग भेट « Khabarhub

अर्थमन्त्रीद्वारा सिङ्गापुरका राष्ट्रपतिसँग भेट


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज सिङ्गापुरका राष्ट्रपति थार्मान शनमुगारात्नमसँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

उक्त भेटमा राष्ट्रपति थार्मानले देशको तीव्र आर्थिक विकासमा मानवपुँजी, पूर्वाधार, ऊर्जा,  व्यापार र खुलापनमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीलाई सुझाव दिएको अर्थमन्त्री खनालको सचिवालयले जनाएको छ । 

त्यस क्रममा अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको चाहनाअनुरूप सुशासन कायम गरी आर्थिक विकासमा केन्द्रित हुने लक्ष्यका साथ काम गरिरहेको बताए । 

उनले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षसहितका अधिकारीसँग पनि अन्तरक्रिया गरेका छन् । त्यस अवसरमा अर्थमन्त्री खनालले अन्तरराष्ट्रिय वित्त निगमले नेपालमा लगानी बढाउँदै लगेकोमा धन्यवाद दिए । उनले नेपालमा निजी क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता विकासमा निगमको  थप लगानी र प्राविधिक सहयोगको अपेक्षा गरे । 

अन्तर्राष्ट्रिय वित्त निगमका अधिकारीहरूले नेपालमा निगमको लगानी वृद्धि गरिने जानकारी दिँदै अन्तर्राष्ट्रिय पुँजीको आप्रवाह बढाउन केही कानुनी र नियामकीय प्रबन्धमा सुधारको खाँचो रहेको बताएको जनाइएको छ । 

प्रतिउत्तरमा मन्त्री खनालले नियामकीय प्रबन्धमा तत्काल सुधार गर्ने प्रतिबद्धता जनाउँदै कानुनी सुधारका लागि आवश्यक तयारी गरिने विश्वास दिलाए ।
 

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  १२ : १४ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय