ट्रम्प र जेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह « Khabarhub

ट्रम्प र जेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर ज़ेलन्स्की सँग व्हाइट हाउसमा लामो भेटवार्तापछि युक्रेन र रसियालाई हालको सीमा रेखामा युद्ध तुरुन्त रोक्न र त्यसलाई अन्त्य गर्न आग्रह गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘धेरै रगत बगिसकेको छ, अब दुवै पक्षले जितेको दाबी गर्न सक्छन्, तर इतिहासले त्यस निर्णय गर्नेछ।’ ट्रम्पले थप्नुभयो, ‘तपाईंहरू जहाँ हुनुहुन्छ, त्यहीँ रोकिनुहोस्, आफ्ना परिवारमा फर्कनुहोस् र शान्ति कायम राख्नुहोस्।’

यसअघि केही हप्ताअघि ट्रम्पले युक्रेनले रसियाबाट कब्जा गरेको सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने विश्वास व्यक्त गरेका थिए, तर हालको अभिव्यक्तिले उनको दृष्टिकोणमा केही परिमार्जन आएको देखिन्छ।

ज़ेलन्स्कीले भने, ‘अहिले नै युद्ध रोकिनु आवश्यक छ र त्यसपछि वार्ता अगाडि बढाउनुपर्छ,” तर ट्रम्पले युक्रेनलाई भूभाग फिर्ता दिन दबाब दिएको सम्बन्धी प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन्।’

ट्रम्पले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तापछि युक्रेनलाई लामो दूरीका टोमाहक मिसाइल उपलब्ध गराउने विषयमा केही अनिच्छा देखाएका छन् । यी मिसाइलले युक्रेनी सेनालाई रसियाको भित्री क्षेत्रमा लक्षित गर्न सक्षम बनाउने विश्वास गरिएको छ। पुटिनले यस विषयमा अमेरिकासँगको सम्बन्धमा असर पर्ने चेतावनी समेत दिनुभएको छ ।

ट्रम्पले भने, ‘हामीसँग आवश्यक मिसाइल भण्डार हुनु जरूरी छ, किनभने कहिले पनि युद्धको अवस्था आउन सक्छ, तर हामी चाहन्छौँ कि युद्ध सकिएपछि मिसाइल आवश्यक नपरोस्।’

ट्रम्पले आगामी हंगेरीमा हुने बैठकमा पुटिन र ज़ेलन्स्की दुवैलाई भेट्ने सम्भावना रहेको संकेत गरे, भने ज़ेलन्स्कीले पुटिन युक्रेनमाथि आक्रमण गरिरहेका छन् र शान्ति चाहँदैनन् भनी उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  १ : ०७ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००