कोरला नाकामा स्वास्थ्य शिविर, १२६ जना लाभान्वित | Khabarhub Khabarhub

कोरला नाकामा स्वास्थ्य शिविर, १२६ जना लाभान्वित


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– नेपाल-चीनको सीमा कोरला नाका स्थित २४ नंम्बर सीमा स्तम्भ दशगजा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले आज एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वार्टर मुस्ताङ र सशस्त्र प्रहरी अस्पताल पोखराको संयुक्त आयोजनामा शिविर संञ्चालन गरिएको हो ।

समून्द्री सतहको ४६१० मिटर अग्लो उचाइमा अवस्थित कोरलानाकामा चिनियाँ सामान बिक्री गर्न बसेका स्थानीय व्यापारी, मजदुरका साथै कोरलानाका अवलोकन गर्न जाने पर्यटकलाई लक्षित गरी सशस्त्र स्वास्थ्य शिविर सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मका मुस्ताङका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए । शिविरबाट १२६ जना लाभान्वित भएको उनको भनाइ छ । 

शिविरमा सशस्त्र प्रहरी अस्पताल पोखराबाट गएका चिकित्सक डा. आर्कषा श्रेष्ठलगायतको पाँच जना  र सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मबाट तीन जना गरी आठ जनाको टोली खटिएको थियो । 

टोलीले त्यहाँ बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सेवा दिएको थियो । 

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ५ : ३१ बजे

कस्तो होला तिहारको मौसम ?

काठमाडौं – नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक

आज २०८२ साल कात्तिक २ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५