कोरला नाकामा स्वास्थ्य शिविर, १२६ जना लाभान्वित « Khabarhub

कोरला नाकामा स्वास्थ्य शिविर, १२६ जना लाभान्वित


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– नेपाल-चीनको सीमा कोरला नाका स्थित २४ नंम्बर सीमा स्तम्भ दशगजा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले आज एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वार्टर मुस्ताङ र सशस्त्र प्रहरी अस्पताल पोखराको संयुक्त आयोजनामा शिविर संञ्चालन गरिएको हो ।

समून्द्री सतहको ४६१० मिटर अग्लो उचाइमा अवस्थित कोरलानाकामा चिनियाँ सामान बिक्री गर्न बसेका स्थानीय व्यापारी, मजदुरका साथै कोरलानाका अवलोकन गर्न जाने पर्यटकलाई लक्षित गरी सशस्त्र स्वास्थ्य शिविर सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मका मुस्ताङका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए । शिविरबाट १२६ जना लाभान्वित भएको उनको भनाइ छ । 

शिविरमा सशस्त्र प्रहरी अस्पताल पोखराबाट गएका चिकित्सक डा. आर्कषा श्रेष्ठलगायतको पाँच जना  र सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मबाट तीन जना गरी आठ जनाको टोली खटिएको थियो । 

टोलीले त्यहाँ बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सेवा दिएको थियो । 

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ५ : ३१ बजे

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति