भारतीय टोलीका पूर्व कप्तान गांगुली भारतीय क्रिकेटको अध्यक्ष बन्दै « Khabarhub

भारतीय टोलीका पूर्व कप्तान गांगुली भारतीय क्रिकेटको अध्यक्ष बन्दै


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्षमा भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली हुने भएका छन् ।

भारतीय सञ्चार माध्यमहरुले गांगुली बिसीसीआईकमो नयाँ अध्यक्ष र भारतका गृहमन्त्रीका अमित शाहका छोरा जय शाह सचिव बन्ने गरि बिसीसीआईको नयाँ कमिटी बन्न लागेको उल्लेख गरेका छन् ।

जय शाहसहित संयुक्त सचिव, उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि उम्मेदवारको आधिकारिक घोषणा सोमबार हुनेछ ।

नाम दर्ता गर्ने अन्तिम दिन सोमबार अर्थान आज हो । तर चुनाव हुने सम्भावना नरहेको समाचारहरुमा जनाइएको छ । अहिलेसम्म कुनै पिन उम्मेदवारको विरोधमा अन्य कसैको उम्मेदवारी परेको छैन । बीसीसीआईको बोर्डका पाँच सदस्यको चुनाव २३ अक्टोवरमा हुने तय भएको थियो ।

क्रिकेट वेवसाइट क्रिक इन्फोले पनि गांगुली बिसीसीआईको नयाँ अध्यक्ष बन्न लागेको उल्लेख गरेको छ ।

मुम्बईमा आइतबार साँझ भएको राज्य क्रिकेट संघका प्रतिनिधिहरुको बैठकबाट यो सहमति निस्किएको बताइएको छ ।

४७ वर्षीय सौरभ गांगुली भारतीय क्रिकेट टिमका पूर्वकप्तान हुन् । उनी हाल बंगाल क्रिकेट संघका अध्यक्ष छन् । उनको पदावधि सेप्टेम्बर २०२० मा समाप्त हुँदैछ ।

त्यस्तै बीसीसीआई र कर्नाटक राज्य क्रिकेट एसोसिएसनमा काम गरिसकेका पूर्व क्रिकेट खेलाडी ब्रजेश पटेललाई आईपीएलको नयाँ अध्यक्ष बनाइने छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ९ : ३९ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई