धेरै टिकटक हेर्नुहुन्छ ? हुनसक्छन् यस्ता समस्या « Khabarhub

धेरै टिकटक हेर्नुहुन्छ ? हुनसक्छन् यस्ता समस्या


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टिकटक हेर्ने बानी मनोरञ्जनको सामान्य माध्यमजस्तो देखिए पनि यसको असर मस्तिष्कमा रक्सी र जुवाको लत सरह देखिएको एक नयाँ अध्ययनले पुष्टि गरेको छ ।

‘न्यूरोइमेज’ जर्नलमा प्रकाशित अनुसन्धानले देखाए अनुसार, रिल र टिकटक जस्ता छोटा भिडियोहरूले मस्तिष्कको कार्यशैलीमा गहिरो असर पार्छन् र ध्यान केन्द्रित गर्न असहज बनाउँछन् ।

शोधअनुसार, यस्ता भिडियोले मस्तिष्कको इनाम प्रणालीलाई अत्यधिक सक्रिय बनाउँछ, जुन मादक पदार्थ सेवन र जुवा खेल्दा पनि सक्रिय हुने देखिएको थियो ।

यस प्रणालीको अत्यधिक सक्रियताले डोपामाइनको उत्पादन बढाउँछ, जसले मानिसलाई तात्कालिक आनन्द त दिन्छ तर बिस्तारै नियन्त्रण गुमाउने, ध्यान भंग हुने, र सामान्य जीवनशैली निरस लाग्ने अवस्थासम्म पुर्‍याउँछ ।

राति अबेरसम्म टिकटक हेर्ने बानीले शरीरको सर्काडियन घडी अर्थात् प्राकृतिक सुत्ने चक्रमा अवरोध ल्याउँछ।

मोबाइलको निलो प्रकाशले मेलाटोनिन उत्पादनमा ढिलाइ गराउँछ, जसको परिणामस्वरूप निद्रामा कमी, स्मरणशक्ति कमजोर, र मूड स्विङ जस्ता समस्या देखिन सक्छन् ।

विशेषज्ञहरूले दिनको २५–३० मिनेटभन्दा बढी रिल नहेर्नु, सुत्नुभन्दा कम्तीमा आधा घण्टा अगाडि फोन बन्द गर्नु, नियमित व्यायाम, र परिवार तथा साथीहरूसँग समय बिताउनु जस्ता उपायहरू अपनाउन सुझाव दिएका छन्।

यसका साथै, स्क्रोलिङको सट्टा किताब पढ्ने, म्युजिक सुन्ने वा सिर्जनात्मक काममा लाग्नाले मस्तिष्कलाई सन्तुलनमा राख्न सकिने अध्ययनकर्ताहरूको भनाइ छ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : ०९ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन