ओलीले भगौडा भनेपछि सुजनको जवाफ- विद्यार्थी मारिँदा नैतिकताले संगठनमा बस्न दिएन, दण्डित हुन तयार छु « Khabarhub

ओलीले भगौडा भनेपछि सुजनको जवाफ- विद्यार्थी मारिँदा नैतिकताले संगठनमा बस्न दिएन, दण्डित हुन तयार छु


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ गते जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर विद्यार्थीसहित १९ जनाको ज्यान गएपछि नेकपा एलेमानिकट अनेरास्ववियुका अध्यक्ष सुजन कडारियाले राजीनामा दिए ।

त्यसको केही दिनपछि आफूलाई एउटा समूहले नियन्त्रणमा लिएकाले राजीनामा दिन बाध्य भएको स्पष्टीकरण दिए । तर उनको यो स्पष्टीकरणलाई कार्यकर्ताले पत्याएनन्। उक्त स्पष्टीकरणसँगै उनी अनेरास्ववियुका गतिविधिमा सक्रिय भए पनि विरोधको सामना गर्नुपर्‍यो ।

कतिसम्म भने अनेरास्ववियुको कार्यालयमा रहेको उनको नेम प्लेटसमेत कार्यकर्ताले निकालेर फ्याँकिदिए । त्यसपछि मौन बसेका उनीबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको जावलाखेलमा बसेको १० औ केन्द्रीय कमिटी बैठकमा बोले ।

उनको राजीनामाबारे एमाले अध्यक्ष बोल्दै जेन-जी भनेरै अखिलको अध्यक्ष बनाएको सुजनले संगठनको जिम्मेवारी छोडेर भागेको उल्लेख गरे । ‘जेन-जी, जेन-जी भन्दैमा हुन्छ ? सुजन कडरियालाई जेन-जी भनेरै अखिलको अध्यक्ष बनाएको होइन ? उसैले छाडेर भाग्यो त !’, उनले बैठकमा भने ।

ओलीको कडा टिप्पणीपछि सुजनले शनिबार फेसबुकमा लेखेर संगठन छोड्नुको कारणबारे प्रष्टीकरण दिए । युनिफर्म लगाएको विद्यार्थी मारिँदै गर्दा नैतिकताले संगठनमा बस्न नदिएको जिकिर उनले गरे ।

‘अनेरास्ववियुको अध्यक्ष पदमा मेरो लागि युनिफर्म लगाएका विद्यार्थी मारिँदै गर्दा नैतिकताले रहन दिएन,आफ्नै पार्टी सरकारमा भएको कारण नै मेरो राजीनामाको मुख्य कारण हो’, उनले भने ।

सुजनले पार्टी नभई संगठन मात्रै छोडेको स्पष्टीकरण दिए । ‘पार्टी छोडेको थिइनँ, अध्यक्षमा मार्ग प्रशस्त गर्दा संकटको समयमा पार्टीलाई जोगाउन नसकेकोप्रति आफ्नो हिस्सामा परेको जिम्मेवारीबोध गर्दै दण्डित हुन तयार छु’, उनले भनेका छन् ।

गत जेठमा भएको अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसमेतको बलमा सुजन अध्यक्ष भएका थिए ।

‘अनेरास्ववियु जस्तो गौरवशाली संगठनको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनु मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। विद्यार्थीहरूसँग प्रत्यक्ष सम्बन्ध भएकाले नैतिकताको आधारमा राजीनामा दिएको विषय सत्य हो, तर पार्टीको साधारण सदस्य म सधैं रहनेछु’, उनले भनेका छन् ।

त्यसबेला प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतले हराउँदै सुजन अध्यक्ष भए । तर भदौ २३ गतेको जेन-जी प्रदर्शनमा विद्यार्थीसहित १९ जना मारिएपछि सुजनले फेसबुकमै लेखेर संगठनबाट राजीनामा दिए । राजीनामा दिएको दुई दिनपछि सार्वजनिक भएका उनले कसैले नियन्त्रणमा लिएर दबाब दिएकाले राजीनामा दिन पुगेको भन्दै बचाउ गरेका थिए ।

सुजनले एमालेप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै भने, ‘म एमालेमा मदन भण्डारीको विचारबाट प्रेरित भएर लागेको हुँ। श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको सक्रियता र नेतृत्वले पार्टीप्रति थप आकर्षण सिर्जना गरेको सत्य हो। म संगठन र पार्टीको हितका लागि सदैव तयार छु।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : २८ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने