विवादले स्वास्थ्यमन्त्री बन्न नपाएकी संगीता मिश्राविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा « Khabarhub

विवादले स्वास्थ्यमन्त्री बन्न नपाएकी संगीता मिश्राविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मिश्रासहितविरुद्ध स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन खरिदका क्रममा भ्रष्टाचार गरेको आरोप लागेको छ । उनी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री हुने सूचीमा थिइन् । सचिवाबाट राजीनामा दिएकी उनी विवादमा परेपछि उनी मन्त्री हुन पाइनन् ।

उनीहरूले लागत अनुमान तयार गर्दादेखि नै ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री आएको भनी गलत पीडीआई रिपोर्ट, गलत दाखिला प्रतिवेदन, झुट्टा बिल बिजक लगायत तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको आरोप लागेको छ । यस प्रकरणमा मिश्रासँग मात्रै १४ करोडको बिगो मागिएको छ ।

स्वास्थ्य सेवा विभागले म्यामोग्राफी मेसिन खरिद गर्दा सुरुको लागत अनुमान तयार गर्नेदेखि ठेक्का सम्झौता र भुक्तानीसम्मको सम्पूर्ण प्रक्रियामा मिलेमतो र अनियमितता भएको अख्तियारले जनाएको छ ।

ठेकेदार कम्पनी म्याक्सिम इनकर्पोरेशन ट्रेड्स प्रालिलाई अवैध रूपमा लाभ पुग्ने गरी लागत अनुमान अस्वाभाविक रूपमा उच्च बनाइएको अख्तियारले जनाएको छ ।

सम्झौताको सम्पूर्ण सामग्री नआउँदै झुट्टा पोस्ट सिपमेन्ट इन्पेक्सन रिपोर्ट, गलत दाखिला प्रतिवेदन, नक्कली बिल-बिजक बनाएर भुक्तानी गरिएको दाबी अख्तियारको छ ।

उक्त कार्यमा विभागका तत्कालीन उच्च अधिकारी र इन्जिनियरदेखि लेखापालसम्मको सक्रिय संलग्नता रहेको ठहर अख्तियारको छ।

अनियमितता विवरण

खरिद मूल्य: रु. १२.७५ करोड स्वीकृत

उत्पादक कम्पनीबाट खरिद मूल्य : रु. ६.८५ करोड मात्र

फरक रकम (लगभग ६.३० करोड) आपूर्तिकर्ता र कर्मचारीबीचको मिलेमतोबाट बाँडिएको अनुमान।

भुक्तानी: रु. १३.३७ करोड भुक्तानी गरिएको, तर सम्पूर्ण सामान नआउँदै।

राज्यलाई कुल बिगो (हानी): रू. १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ ।

आयोगले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (१) (क), (ग), (ङ), (ञ), दफा १९ उपदफा (२), र दफा २४ बमोजिम
मुद्दा दायर गरेको छ।

प्रमुख प्रतिवादीहरू

डा. संगीता कौशल मिश्र — तत्कालीन महानिर्देशक
डा. श्रवण कुमार थापा — तत्कालीन निर्देशक, व्यवस्थापन महाशाखा
डा. सुरेन्द्र प्रसाद चौरसिया — शाखा प्रमुख
डा. विवेक कुमार लाल
यादव प्रसाद सापकोटा — शाखा अधिकृत
दीपक अधिकारी — वरिष्ठ जनस्वास्थ्य अधिकृत
भुवन प्रसाद काफ्ले — प्रमुख लेखा नियन्त्रक
सीता घिमिरे — कानून अधिकृत
शम्भु प्रसाद ढकाल — लेखा अधिकृत
आशिष चौहान — बायोमेडिकल इन्जिनियर
पध्मा मिश्र — बायोमेडिकल इन्जिनियर
तिलक राम ढकाल — लेखापाल
सुन्दर भुसाल — म्याक्सिम इनकर्पोरेशन ट्रेड्स प्रालिका सञ्चालक
म्याक्सिम इनकर्पोरेशन ट्रेड्स प्रालि स्वयम्

आयोगले सबै प्रतिवादीहरूविरुद्ध कैद सजाय, जरिवाना र विगो बराबरको रकम असुल गर्ने मागदाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  २ : ४९ बजे

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन