लहान नगरपालिकाद्वारा विपन्न दलित समुदायलाई सहयोग « Khabarhub

लहान नगरपालिकाद्वारा विपन्न दलित समुदायलाई सहयोग


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहान नगरपालिका–१५ स्थित लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायका बाबुआमाको एक हप्ताको फरकमा निधन भएपछि नगरपालिकामार्फत आइतबार राहत सामग्री तथा नगद सहयोग प्रदान गरिएको छ । सत्तरी वर्षीय बौधु सदायको निधनपछि क्यान्सरबाट पीडित उनकी श्रीमती कुमारीको पनि ७ दिनभित्रै निधन भएको थियो ।

 श्रीमान्को मृत्युको पीडा सम्हाल्दै गर्दा आफैँ पनि गम्भीर क्यान्सरबाट जुधिरहेकी कुमारीको निधनले परिवारलाई दोहोरो पीडामा डुबायो । तर, यस दुःखद घडीमा नगरपालिका उनीहरूको सहारा बनेको छ ।

दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएका शिवशङ्करले नगरबाट प्राप्त सहयोगले बाबुआमाको मृत्यु कर्म गर्न सहज हुने बताए ।

उनले नगरको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘हामी गरिब मजदुर, न जग्गा छ, न जमिन । नगरपालिकाले दिएको चामल, दाल, नुन, तेल र खर्चले यो दुःखको समयमा धेरै सहज भयो । दुई जना गुमाउँदा घरमै चुलो बाल्न मुस्किल थियो ।’

नगर प्रमुख महेश चौधरी आफैँ पीडितको घरमा पुगेर एक क्विन्टल चामल, दाल, नुन, तेललगायत खाद्यान्न वितरण गर्नुका साथै किरिया खर्चका लागि जनही रु पाँच/पाँच हजार पनि दिने व्यवस्था मिलाइएको बताए  । उस्तै पीडा लहान–२४ मल्हन मुसहरी टोलमा पनि भएको छ ।  

चार दिनअघि ७८ वर्षीय तेजीलाल सदायको निधन भयो । उनको परिवारलाई पनि नगरप्रमुख चौधरी घरमै पुगेर आइतबार राहत सामग्री र नगद सहयोग प्रदान गरे  । मृतक तेजीलालका छोरा प्रभु सदायले भने, ‘बुवाको नागरिकता छ, तर मलाई अहिलेसम्म नागरिकता नै बनेको छैन । आमा पहिल्यै बिएकी हुन् । सनाखत गर्ने कोही नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन । नगरपालिकाबाट सहयोग मिल्ला भन्ने आशा छ ।’ 

यसबारेमा वडाध्यक्ष राशलाल रायले प्रभु सदायको नागरिकता बनाउने प्रक्रियामा पहल गर्ने आश्वासन दिए ।

नगर प्रमुख चौधरीका अनुसार नगरपालिकाभित्रका दलित, विपन्न तथा विशेष गरी मुसहर समुदायमा कसैको मृत्यु भएमा नियमित राहत तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ । ‘मैले नगरप्रमुखको जिम्मेवारी सम्हालेदेखि हरेक दुःखद घडीमा साथ दिने प्रयास गरेको छु । मृतकका परिवारलाई सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो,’ चौधरीले भने ।

नगरपालिकाले मृतक परिवारप्रति सहानुभूति प्रकट गर्दै, आगामी दिनमा यस्ता सहयोगलाई अझ संस्थागत र व्यवस्थित ढङ्गले अघि बढाइने जनाएको छ । 

दलित, मुसहर जस्ता समुदाय, जहाँ मृत्यु भोजका लागि पनि चामल जुटाउन मुस्किल पर्छ । नगरप्रमुख चौधरी यस्ता घरमा आफैँ पुग्छन्, राहत दिएर मात्रै होइन, सान्त्वना दिएर फर्किन्छन् । 

उनले अगाडि भने, ‘सामाजिक न्याय केवल योजनामा होइन, व्यवहारमा देखिनुपर्छ । हामी हरेक मुसहर, दलित परिवारको पीडामा सहभागी हुन खोजिरहेका छौँ ।’ रासस
 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ११ : २६ बजे

एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज एक थना पेस्तोल र

दशकपछि निर्देशनमा फर्किए नीर शाह, सुरु गरे ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – दशकपछि वरिष्ठ कलाकार नीर शाह निर्देशनमा फर्किएका छन्

राष्ट्रियसभा १९औँ अधिवेशनमा महत्त्वपूर्ण काम गर्न सफल भयौँ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेन-जी आन्दोलनपछिको विषम पूर्ण राजनीतिक

बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री 

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट

बालेनको तीन वर्षे रिपोर्ट कार्ड : ६ महानगरबीच कहिल्यै अब्बल बनेन काठमाडौं

काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको