६५ वर्षीय वृद्ध सामुदायिक वनमा मृत भेटिए « Khabarhub

६५ वर्षीय वृद्ध सामुदायिक वनमा मृत भेटिए


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बेलौरी नगरपालिका–५ बन्तरियास्थित पुष्पलाल सामुदायिक वनमा ६५ वर्षीय श्रीप्रसाद आचार्य मृत अवस्थामा फेला परेका छन् ।

आज बिहान बेलौरीबाट कलुवापुरतर्फ जाने पक्की सडकखण्डमा स्थानीयवासीले बेवारिसे अवस्थामा साइकल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्दा सडकदेखि करिब २०० मिटर टाढा पुष्पलाल स्मृति सामुदायिक वनभित्र आचार्यको शव फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा शवको अवस्था हेर्दा हात्तीको आक्रमणबाट मृत्यु भएको जस्तो देखिएको छ । 

शवको सनाखतपछि मृतक कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका–३ बुटाबारी निवासी रहेको खुल्न आएको छ । मृतकका छोरा निर्मल आचार्यले शवको पहिचान गरेका हुन् । घटनास्थलमा प्रहरी टोलीले आवश्यक मुचुल्का उठाइ शवलाई परीक्षणका लागि पठाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  २ : ३१ बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई