गर्भावस्थामा सुत्नका लागि यो हो सही पोजिसन « Khabarhub

गर्भावस्थामा सुत्नका लागि यो हो सही पोजिसन


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्वास्थ्यको ख्याल गर्न सिकयो भने विभिन्न खालका स्वास्थ्य सम्बन्धी समस्याबाट बच्न सकिन्छ । खानपान, आराम, सुताई जीवनशैली आदीले स्वास्थ्य राम्रो बनाउन र बिगार्न भूमिका खेल्छ ।

यसमा पनि महिलाले गर्भवती अवस्थामा त स्वास्थ्यको निकै ख्याल गर्नुपर्ने हुन्छ । किनकी सन्तानका लागि पनि यो महत्वपूर्ण हुन्छ ।

खानपान, सुताइ, आराम, व्याम आदीबारे जानकारी राख्न आवश्यक हुन्छ र पेटमा रहेको बच्चालाई पनि सहज हुने गरि व्यवहारहरु गर्नु पर्ने हुन्छ । हामीले यहाँ गर्भवती अवस्थामा सही तरिकाले कसरी सुत्ने विषयमा चर्चा गर्ने प्रयास गरेका छौं ।

माथिको तस्वीरमा देखाइए जसरी सुत्न आवश्यक छ । चित्रको माथिको पोजिसन सही हो भने तलको गलत सुताइ हो ।

देब्रेतर्फ कोल्टे फर्केर सुत्दा प्लासेन्टामा रगतको प्रवाह सहज हुन्छ । अनि गोडा र घुँडालाई बंग्याउनुस् र गोडाको बीचमा एउटा सिरानी राख्नुस् ।

ढाडमा पल्टेर नसुत्नुस् । उत्तानो परेर सुत्दा श्वासप्रश्वास, पाचन, कम रक्तचाप र ढाड दुख्ने समस्या आउँछ ।

यो पोजिसनमा सुत्दाखेरी तपाईंको बच्चाको पूरै तौल तपाईंको आन्द्रा र प्रमुख रक्तनलीमा पर्छ । यसले गर्दा घुर्न पनि सकिन्छ । त्यसैले पटक्कै उत्तानो नसुत्नुस् ।

अनि राति सुत्नुअघि केही पनि खाने पिउने नगर्नुस् । कफी जस्ता कुरा त पटक्कै नपिउनुस् । सधैं एउटै समयमा सुत्ने र उठ्ने गर्नुस् । यसले गर्दा राम्रो निद्रा पाउनुहुन्छ भने बच्चाको स्वास्थ पनि राम्रो हुन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १२ : ०७ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो