बारा र पर्सामा ८ लाख मानिसले लगाए हैजाविरुद्ध खोप  « Khabarhub

बारा र पर्सामा ८ लाख मानिसले लगाए हैजाविरुद्ध खोप 


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारा र पर्सामा ८ लाख मानिसले हैजाविरुद्ध खोप लगाएका छन् । 

सरकारले २६ असोजदेखि बारा र पर्सामा खोप अभियान सुरू गरेको थियो । १० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले खोप खाएको परिवारको कल्याण महाशाखाले बताएको छ।

६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो। त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ । सरकारले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइरहेको छ ।

बारा र पर्सामा गरी कुल १० लाख १८ हजार खोप दिइने लक्ष्य छ । हालसम्म ८५ प्रतिशतले खोप लिएका छन् । मुखबाट खुवाइने इयूभिकोल–एस खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो ।

नेपालको नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भएको छ । यसको एक मात्रै दिइने छ। यसभन्दा अगाडि पनि काठमाडौं उपत्यका र कपिलवस्तुमा हैजाविरुद्धको खोप दिइएको थियो ।

विज्ञका अनुसार खोप खुवाएको दुई सातापछि खोपको प्रभावकारिता ८२ प्रतिशत देखिएको छ । यो खोप एक वर्ष भन्दा कम उमेरकाले खानु हुँदैन । ज्वरो आइरहेको, झाडापखाला भएको वा कुनै सिकिस्त बिरामी भएको अवस्थामा खोप दिन हुँदैन । तर निको भएपछि खोप दिनुपर्छ ।

सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्था र अस्पताल, विद्यालय, कलेज तथा अन्य शिक्षण संस्था, नियमित खोप सेवा सञ्चालन गर्न बाह्य खोप केन्द्र, मन्दिर, मजिस्द, बसपार्क, नेपाल भारतको सिमानाका मुख्य नाका र उद्योग, कारखाना, इटाभट्टा जस्ता अन्य स्थानहरू खोप केन्द्र राखिएको छ ।

हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ। विज्ञका अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ । हैजाको जीवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षण मात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ ।

जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ । हैजा विरुद्धको खोप लगाइसकेपछि पनि हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, स्वच्छ खाना खाने, शैचालयमा मात्रै दिसा पिसाब गर्ने, साबुनपानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपनाउनुपर्ने उनी बताउँछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १ : १२ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका