माओवादी चुनावमा जान्छ, कांग्रेस-एमाले पनि सहभागी हुनुपर्छ : वर्षमान पुन « Khabarhub

माओवादी चुनावमा जान्छ, कांग्रेस-एमाले पनि सहभागी हुनुपर्छ : वर्षमान पुन


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन अनन्तले २१ फागुनमा निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन् ।

तिहार, नेपाल सम्बत र छठ लगायत वर्षका अवसरमा मंगलबार भक्तपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्ने आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताए ।

उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे । ‘संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन,’ पुनले भने, ‘हामी चुनावका लागि प्रतिबद्ध छौं, अरू दललाई पनि चुनावको पक्षमा उभिन आग्रह गर्छौं ।’

केही दिनअघि आफू र नेता वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको जानकारी पुनले दिए ।

‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो । नारायणकाजी कमरेड र म गएका थियौं । हामीले भन्यौँ चुनावको पक्षमा छौं । हामी चुनावको वातावरण बनाउछौं’, उनले भने, ‘तर अरुका लागि पनि चुनावी वातावरण बनाउन लाग्नुस् भनेका थियौं । आज पनि सात पार्टीलाई प्रधानमन्त्रीले बोलाउनुभएको छ । हामी जान्छौँ । हामी यही कुरा भन्छौँ ।’

पुनले भदौ २३ गतेको जेनजी आन्दोलन सही भएको बताए । तर भदौ २४ गतेको विध्वंश जेन-जीले नभई घुसपैठिया समूहले गराएको बताए । २३ र २४ गतेका दुवै अपराधमा संलग्माथि कारबाही गर्न पुनले सरकारसँग माग गरे ।

विघटित प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको दुईतिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएका कारण जनतामा व्याप्त निराशा र आक्रोश जेन-जी आन्दोनलमार्फत विष्फोट भएको पुनले बताए ।

ओलीको स्वेच्छाचारिता, निरंकुशता र भ्रष्ट चरित्रविरुद्ध नयाँ पुस्ताको अगुवाइमा जनता सडकमा आएको पुनले बताए । प्रमुख प्रतिपक्षी हैसियतमा आफूहरुले पटकपटक कार्यशैली सुधार्न र जनताको भावना बुझ्न आग्रह गरे पनि सरकारले नसुन्दा विस्फोटको अवस्था आएको उनले उल्लेख गरे ।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको त्यही आक्रोश समयमै बुझेर लाखौं जनता सिंहदरबार र बालुवाटार घेर्नै आउँछन् भनेको स्मरण पुनले गरे ।
तर, उक्त भनाइलाई आधार बनाएर अहिले केही शक्तिले सिंहदरबार जलाउन माओवादी संलग्न रहेको भन्दै आरोपित गर्न खोजेको बताए ।

प्रचण्डले सिंहदरबार जलाउन नभई सरकारलाई जनतामा बढ्दै गएको असन्तुष्टिलाई सांकेतिक रुपमा व्यक्त गरेको व्याख्या पुनले गरे । माओवादी र अरु पार्टी एकै हुन् भन्ने न्यारेटिभ स्थापित गर्ने प्रयास भइराखेको भन्दै उनले सुशासनको मामिलामा अरु र माओवादी फरक भएको दाबी गरे ।

संयोजक प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासनका पक्षमा गरेको काम त्यसको उदाहरण भएको तर्क पुनको छ ।

पुनले विगतमा चर्चामा रहेका सबै भ्रष्टाचार र अनियमितता प्रकरण छानबिन हुनुपर्ने भन्दै त्यसमा सघाउन आफ्नो दल तयार रहेको प्रतिबद्धता जनाए । आफूहरुले सरकारमा बसेर पार्टी नेता कार्यकर्ता, समर्थक र मतदाताको शिर निहुराउने काम नगरेको पुनले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : ०३ बजे

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता