चिनियाँ राष्ट्रपतिको भ्रमण सफल पारेको भन्दै गृहमन्त्रीले गरे सुरक्षाकर्मीको प्रशंसा « Khabarhub

चिनियाँ राष्ट्रपतिको भ्रमण सफल पारेको भन्दै गृहमन्त्रीले गरे सुरक्षाकर्मीको प्रशंसा


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिलको राजकीय भ्रमणका क्रममा प्रभावकारी रुपमा सुरक्षा व्यवस्था काम राखेको भन्दै गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छ ।

गृहमन्त्री बादलले सुरक्षा निकायका उच्च अधिकारीहरुलाई गृह मन्त्रालयमा डाकेर सी भ्रमणका क्रममा गरिएको सुरक्षा व्यवस्थापनको प्रशंसा गरेका हुन् । सी भ्रमणका क्रममा गरिएको सुरक्षा व्यवस्थापनले नेपालको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रियस्तरमा नै राम्रो सन्देश गएको गृहमन्त्रीले दाबी गरे ।

सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निभाएको उल्लेख गरेका गृहमन्त्री थापाले सुरक्षा नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले राष्ट्रपति सीको भ्रमण सफल भएको टिप्पणी गरे ।
चिनियाँ पक्षले समेत भ्रमणको क्रमममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको गृहमन्त्री थापाले बैठकमा जानकारी गराए ।

गृहमन्त्री थापाले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको दोहाराउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिए ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक भएको तथा नेपालको आर्थिक, सामाजिक, सास्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा सावित हुने गृहमन्त्री थापाको भनाइ थियो ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक (एआईजी) पुस्कर कार्की, नेपाली सेनाका उपरथी शशिचन्द्र बहादुर सिंह लगायत सहभागी थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  २ : १८ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग