प्रधानमन्त्री र दलका नेताबीच संवाद लम्बियो, चुनाव हुनेमा शंका व्यक्त गरेको एमालेले विरोध भने गरेन « Khabarhub

प्रधानमन्त्री र दलका नेताबीच संवाद लम्बियो, चुनाव हुनेमा शंका व्यक्त गरेको एमालेले विरोध भने गरेन


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूबीच बालुवाटारमा जारी छलफल लम्बिएको छ।

मंगलबार चार घण्टासम्म जेन-जीहरूसँग वार्ता गरेकी कार्कीले अपरान्ह ४ बजेदेखि दलहरूसँग संवाद गरिरहेकी छन् ।

राष्ट्रिय मान्यताप्राप्त विघटित संसद्मा प्रतिनिधित्व गर्ने ११ दलका नेताहरू र दुईजना पर्यवेक्षक सहभागी छलफल अझै केही घण्टा चल्न सक्ने बताइएको छ।

‘यो संवाद अझै केही समय चल्ने छ । नेताहरूले पालैपालो बोल्ने क्रम चलिरहेको छ’, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने, ‘पहिलो चरणमा सबै नेताहरूले बोल्ने काम भएको छ। यो क्रम करिब अन्त्यतिर पुगेको छ ।’

खरेलका अनुसार सबै नेताहरूले निर्वाचनमै केन्द्रित भएर धारणा राखिरहेका छन् । ‘निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ’, उनले भने, ‘सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो नेताहरूले राख्नुभएको छ ।’

उता नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेका छन् । तर दुवै नेताले चुनावको विरोध भने नगरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा नेकपा (एमाले)का तर्फबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी छन्। यसअघि राष्ट्रपतिले डाकेको बैठकमा एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए।

त्यस्तै बैठकमा नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ र महामनन्त्र गगनकुमार थापा सहभागी छन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको छलफलमा कार्यवाह उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा गएका थिए ।

उता नेकपा (माओवादी केन्द्र)का तर्फबाट सचिवालय सदस्य वर्षमान पुन र पम्फा भुसाल सहभागी छन् । राष्ट्रपतिको बैठकमा नारायणकाजी श्रेष्ठ र वर्षमान पुन गएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र पूर्वसांसद सोविता गौतम सहभागी छन् । राष्ट्रपतिले राखेको बैठकमा कार्यवाहक सभापति डीपी अर्याल सहभागी भएका थिए ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी हुँदैछन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी हुँदैछन् । लोकतान्त्रि समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंह सहभागी छन् ।

यसअघि निर्वाचनलाई लिएर राष्ट्रपति पौडेल र निर्वाचन आयोगले दलहरूसँग छलफल गरिसकेका छन् । सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीकै पहलमा भ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग गर्ने संवादमा दुईजना पर्यवेक्षकलाई पनि बोलाएकी छन् ।

राष्ट्रिय मान्यताप्राप्त विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुने छलफलमा उनले दुईजना पर्यवेक्षक पनि राखेकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार फागुन २१ गते हुने भनिएको चुनावबारेको उक्त छलफलमा राजनीतिक दलहरूसँगै २ जना पर्यवेक्षक केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई राखिएको हो ।

कार्कीले राजनीतिक दलहरूसँग गर्न लागेको छलफलमा नेकपा (एमाले)बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

उता नेपाली कांग्रेसले प्रधानमन्त्री कार्कीले बोलाएको सात राजनीतिक दलका नेतासँगको छलफलमा निर्वाचनका लागि सुरक्षाको प्रत्याभुतिबारे सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

प्रतिनिधिसभाको निर्वाचन गराउन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण नरहेकाले निर्वाचनमा जाने सुरक्षा प्रत्याभूतिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कांग्रेस नेता श्याम घिमिरेले बताए ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको हतियार लुटपाट, आगजनी, तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्ने र फरार कैदीलाई नियन्त्रणमा लिन नसक्ने अवस्थामा निर्वाचन गराउने सकारको मानसिकता नरहेको उनले बताएका छन् ।

बैठकमा नेकपा (एमाले)का तर्फबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी हुने भएका छन्। यसअघि राष्ट्रपतिले डाकेको बैठकमा एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए।

त्यस्तै बैठकमा नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ र महामनन्त्र गगनकुमार थापा सहभागी छन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको छलफलमा कार्यवाह उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा गएका थिए ।

उता नेकपा (माओवादी केन्द्र)का तर्फबाट सचिवालय सदस्य वर्षमान पुन र पम्फा भुसाल सहभागी हुँदैछन् । राष्ट्रपतिको बैठकमा नारायणकाजी श्रेष्ठ र वर्षमान पुन गएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र पूर्वसांसद सोविता गौतम सहभागी छन् । राष्ट्रपतिले राखेको बैठकमा कार्यवाहक सभापति डीपी अर्याल सहभागी भएका थिए ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी छन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंह सहभागी छन् । नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन् ।

यसअघि निर्वाचनलाई लिएर राष्ट्रपति पौडेल र निर्वाचन आयोगले दलहरूसँग छलफल गरिसकेका छन् । सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीकै पहलमा यो पहिलो छलफल हो ।

को को सहभागी ?

नेपाली कांग्रेस : गगन थापा, प्रकाशशरण महत
नेकपा एमाले : शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली
नेकपा माओवादी केन्द्र : वर्षमान पुन, पम्फा भुसाल
राष्ट्रिय स्वतन्त्र पार्टी : स्वर्णिम वाग्ले, सोविता गौतम
राष्ट्रिय प्रजातन्त्र पार्टी : राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ
जनता समाजवादी पार्टी नेपाल : उपेन्द्र यादव, प्रकाश अधिकारी
लोकतान्त्रिक समाजवादी पार्टी : सर्वेन्द्रनाथ शुक्ल
नागरिक उन्मुक्ति पार्टी : रेशम चौधरी
नेपाल मजदुर किसान पार्टी : प्रेम सुवाल
जनमत पार्टी : चन्दन सिंह
नेकपा एकीकृत समाजवादी : राजेन्द्र पाण्डे र प्रकाश ज्वाला

पर्यवेक्षक

डा. केदारभक्त माथेमा र विद्याधर मल्लिक

सरकारबाट

प्रधानमन्त्री सुशीला कार्की
अर्थमन्त्री रामेश्वर खनाल
ऊर्जामन्त्री कुलमान घिसिङ
गृहमन्त्री ओमप्रकाश अर्याल
कृषिमन्त्री मदन परियार
प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ७ : १० बजे

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको