जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल « Khabarhub

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला कार्कीले जेनजी र दलका नेताहरूसँग संवाद गर्ने प्रस्ताव गरेको बताएकी छन् । उनका अनुसार उक्त प्रस्ताव सबै राजनीतिक दलहरुले स्वीकार गरेका छन् ।

कार्कीले दोस्रो चरणको छलफलमा जेनजी र राजनीतिक दलसँग संवाद गर्ने भनेपछि सो कुरा आफूहरुले स्वीकार गरेको भुसालले खबर हबलाई जानकारी दिइन्। प्रधानमन्त्री बनेपछि पहिलोपटक राजनीतिक दलहरूसँग संवाद गरेकी कार्कीले फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्नका लागि सरकारले भरपुर तयारी गर्ने बताइन्।

‘निर्वाचनमा शान्ति सुरक्षा कायम राख्ने विषयमा म कटिबद्ध छु भन्नुभएको छ। उहाँले एकपटक जेएनजी र राजनीतिक दलहरूसँग पनि बसेर आफू छलफल गर्छु भन्नुभएको छ,’ भुसालले भनिन्, ‘हामीले यो कुरा स्वीकार गरेको छौं हाम्रा पार्टीमा पनि युवा हुनुहुन्छ। हामी उहाँहरूसँग बसेर छलफल गर्न तयार छौं भनेका छौं ।’

भुसालका अनुसार बैठकमा सबै राजनीतिक दलहरूले फागुन २१ गतेको निर्वाचन केन्द्रित विषयमा कुराकानी गरेका थिए।

गत भदौ २३ र २४ गते जेनजी नवपुस्ताले आन्दोलन गरेका कारण तत्कालीन नेकपा एमाले र नेपाली कांग्रेसको सरकार ढलेको थियो। त्यसपछि जेन्जीजेहरूले नै अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अगाडि सारेका थिए ।

सरकार गठन भएको एक महिनापछि मात्र प्रधानमन्त्री कार्कीले दलहरूसँग संवाद गरेकी हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १० : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै