‘जेन-जी आन्दोलनका नाममा छानिछानी व्यक्तिका घर जलाएर लुट मच्चाइयो’ « Khabarhub

‘जेन-जी आन्दोलनका नाममा छानिछानी व्यक्तिका घर जलाएर लुट मच्चाइयो’


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका नाममा छानिछानी व्यक्तिका घर जलाउने र लुट्ने काम भएको बताएका छन् ।

जेन-जी आन्दोलनका नाममा आगजनी र लुटपाट गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गर्दै ओलीले एक/दुई जनाले उचाल्नसमेत नसक्ने मूर्तिहरू लुटेर लगिएको बताए ।

आफ्नो घरमा रहेका उपहार प्राप्त चिजहरू चोरेर लगिएको उनले सुनाए। ‘खास आपराधिक समूहले यस कुरामा उद्योग गरिरहेको थियो, सकेका थिएनन्, यो प्रयास धेरै अगाडिदेखि थियो’, उनले भने ।

एमालेको नेता कार्यकर्ताको घर देशैभरि जलाइएको बताउँदै ओलीले त्यसको लागि पहिलादेखि नै तयारी भएको बताए ।

पहिला पनि सिंहदरबार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाउन आह्वान गरिएको बताउँदै उनले यस पटक उनीहरूको योजना सफल भएको ओलीले उल्लेख गरे । ‘यो नेपालविरुद्ध भयानक षडयन्त्र थियो’, उनले भने ।

देशैभरि जेन-जीका नाममा हत्या, हिंसा, ध्वंसात्मक क्रियाकलाप भएका उहाँले सुनाउनुभयो । शान्ति क्षेत्र भनिएका विद्यार्थीलाई समेत आन्दोलनमा खुलेआम दुरुपयोग गरिएको ओलीले बताए ।

लुटपाट गर्नेहरू विदेशबाट आएका नभई देशकै भएका ओलीले बताए । उनीहरूमध्ये कतिपयको पहिचान भइसकेको र पहिचान हुने क्रम समेत जारी रहेको भए पनि उनीहरूलाई कारबाही गर्न सरकार तयार नरहेको ओलीको भनाइ छ ।

गृह मन्त्री ओमप्रकाश अर्यालको मनसाय र गन्तव्य उहाँको सार्वजनिक मन्तव्यले देखाएको ओलीले बताए ।

‘लुटपाट, आगजनी र त्यसको पक्षमा उहाँहरूको मनोभाव देखिन्छ, जसको क्षति भएको छ, जसलाई मार्का परेको छ, सरकार उसैको दुश्मन बनेको छ, त्यसमाथि मलाई अझ धेरै दुस्मनी साँध्दै छ, मलाई गम्भीर आशङ्का छ–सरकार माथि’, उनले भने ।

उनले देशमा एमाले भएको बताउँदै अपराध गर्नेलाई एमालेले नछाड्ने बताए । भ्रष्टाचार, अनियमितता र कानुनविहीनता एमालेले रोकेरै छाड्ने ओलीले स्पष्ट पारे ।

उनले जसले ध्वंस मच्चाएको छ, जसले घरका सामान लुटिएका छन् उनीहरूलाई कारबाही हुनु पर्ने र पीडितले न्याय पाउनु पर्ने बताए । यसको लागि पीडित कानुनी उपचारमा पनि जाने उनले स्पष्ट पारेका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १ : ५० बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी