लोकतन्त्रविरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्छन् : मुख्यमन्त्री बानियाँ « Khabarhub

लोकतन्त्रविरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्छन् : मुख्यमन्त्री बानियाँ


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बुधबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री बानियाँले गरिब मजदुर किसान लगाएत सबै जनताको रगतबाट मुलुकमा लोकतान्त्रीक गणतन्त्र स्थापित भएको भन्दै लोकतन्त्रविरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताएका हुन् ।

अहिले जेनजी आन्दोलनका क्रममा भएको बितण्डालाई भविष्यमा दोहरिन नदिन वडादेखि केन्द्रसम्म रहेका सवै सुध्रनुपर्ने उनले बताए । उनले जनताले पठाएका प्रतिनिधि ठिक ढंगले चल्न सके कोहि पनि डराउनु नपर्ने धारणा राखे । मुख्यमन्त्री बानियाँले संकटमा लोकतन्त्रवादीहरु एकै ठाँउमा उभिनुपर्ने बताए ।

त्यस्तै कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले लोकतन्त्रलाई बलियो बनाउन फरक बिचार भएका दलहरु एकै ठाँउ आउनुपरेको बताए । उनले कांग्रेसलाई एकताबद्ध बनाउदै अघि बढनुपर्ने अहिलेको आवश्यकता रहेको जिकिर गरे ।

थापाले आफू भक्तपुर जिल्लाको सभापति दुई पटक भएको भन्दै विधान संशोधन गरेर भएपनि तेश्रो पटक सभापति बन्नुपर्ने अवस्था देखिएको उल्लेख गरे ।

अधिवेशनको एक दिनमात्रै जिल्लामा आउने व्यक्तिलाई जिल्ला सभापतिको जिम्मेवारी दिन नसकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ५ : २६ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर