नाच्दै-गाउँदै देउसीमा रमाउँदै (तस्बिरहरू) « Khabarhub

नाच्दै-गाउँदै देउसीमा रमाउँदै (तस्बिरहरू)


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दुहरूको दोश्रो महानचाड तिहार सकिने चरणमा पुगेको छ । तिहारको विशेष पक्ष भनेको देउसी, भैलो र यमपञ्चक हो । तिहारको पाँच दिन विभिन्न जनावरलाई पनि पुज्ने गरिन्छ।

अहिले काठमाडौं उपत्यका लगायत देशदेखि विदेशसम्म देउसी भैलो गुञ्जिरहेको छ। यही अवसरमा हरेक वर्ष मगर भेजा समाज नेपालले पनि विभिन्न कार्यक्रम गरी देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ ।

परम्परागत देउसी भैलोसँगै झौरे नाच, मारूनी लगायतको नाच गान प्रस्तुत गरी देउसी भैलो खेल्दै आएको समाजका अध्यक्ष खिम बहादुर थापा मगरले जानकारी दिए ।

गाउँघरमा जस्तो नभए पनि तिहारमा विभिन्न आफन्त र व्यक्तिहरूको घरघरमा गएर देउसी खेल्दै आएको र पछिल्लो समय आफ्नो परम्परा, संस्कृति लोप हुँदै गएकोमा नयाँ पुस्तालाई पनि देउसी भैलो लगायतका हाम्रो संस्कृतिबारे जानकारी दिने उद्देश्यले हरेक वर्ष कार्यक्रम आयोजना गरेको मगरले बताए।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ५ : ४२ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर