‘लुसिफर’को आरोप खेपिरहेका बालेनको प्रश्न : अरूलाई दोष दिन नेताहरूलाई लाज लाग्दैन ? « Khabarhub

‘लुसिफर’को आरोप खेपिरहेका बालेनको प्रश्न : अरूलाई दोष दिन नेताहरूलाई लाज लाग्दैन ?


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनका बेला सिंहदरबार र संसद् भवन जोगाउन दमकल नपठाएको आरोप खेपिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फेसबुकमा आक्रमक देखिएका छन् ।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेताहरूको चरित्रमा पनि प्रश्न उठाएका छन् । उनले आफूमाथि आरोप र नेताहरूको चरित्रमाथि कटु टिप्पणी गरेका छन्। मेयर साहले भनेका छन् :

‘तुइन र काठको पुल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो।
भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ ।
आन्दोलनमा पूरै देश एमालेले काङ्ग्रेसको जलाउँछ, काङ्ग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ ।
चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ, लाज लाग्दैन ?’

मेयर साहको यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको पोष्टले मूलधाराका नेताहरुप्रति असन्तोष र रोषलाई झल्काएको छ ।

पारदर्शिता र जवाफदेहिताको माग गर्दै आन्दोलनमा आएका जेन-जी समूहहरूलाई उचालेको आरोप पनि उनीमाथि छ । उनले आफूमाथि लागेका आरोपहरूको जवाफ फेसबुकबाटै दिएका हुन् ।

पछिल्लो समय तीव्र आलोचना र विरोध खेपिरहेका उनले फेसबुकमार्फत् नै आफ्नो बचाउ गरेका हुन् । यसअघि नेपाली सेनाले पनि जेन-जीको घटनामा उनको बचाउ गरेको थियो ।

बालेन र सेना दुवैले काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन निस्केको जिकिर गरे पनि त्यससम्बन्धी खास प्रमाण अहिलेसम्म भेटिएको छैन ।

मेयर साहले फेसबुकलाई नै आफ्नो शक्तिका रुपमा उपयोग गरिरहेका छन् । जेन-जी आन्दोलनलाई उचालेर भूमिगत बसेको आरोप उनीमाथि छ । उनले न त जेन-जी आन्दोलनका पीडितलाई भेटे, न श्रद्धाञ्जली दिन नै गए । त्यहीकारण उनी जेन-जीकोसमेत निशानामा परिरहँदा फेसबुकमार्फत् प्रतिरक्षामा उत्रिएर नेताहरूलाई नै गाली गरेका हुन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ६ : ३८ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई