प्रधानमन्त्रीलाई भेटेर कलाकारहरूले भने- देश सम्हाल्न आएकी आमालाई हामी साथ दिन्छौँ « Khabarhub

प्रधानमन्त्रीलाई भेटेर कलाकारहरूले भने- देश सम्हाल्न आएकी आमालाई हामी साथ दिन्छौँ


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई देशका नौ जना चर्चित कलाकारहरूले बुधबार बालुवाटारमा भेटेर कु-सूचना र प्रोपोगान्डाबाट नडराई दृढतापूर्वक अघि बढ्न सुझाव दिएका छन्।

कलाकारहरूले प्रधानमन्त्रीलाई भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई मुख्य प्राथमिकता बनाएर काम गर्न आग्रह गरे।

उनीहरूले भने, ‘हामी केही माग्न आएका होइनौं। देश रहेपछि माग्ने कुरा पछि गरौंला। अहिले देश बचाउने बेला हो। सरकार दृढ भएर अघि बढोस्, हामी साथमा छौं।’

प्रधानमन्त्री कार्कीको निष्कलंक छवि, पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इतिहास कायम गरेपछि पनि कठिन परिस्थितिमा नेतृत्व लिन आएको साहसप्रति कलाकारहरूले कृतज्ञता व्यक्त गरे।

अभिनेत्री ऋचा शर्माले भनिन्, ‘जब सबैलाई डर लागिरहेको बेला आमा सम्हाल्न आएकी छिन्। अब देश ठिक दिशामा अघि बढ्नेमा भरोसा छ। तपाईं अविचलित रहनुहोस्, हामी तपाईंको साथमा छौं।’

कलाकारहरूले हाल सामाजिक सञ्जालमा फैलाइएका गलत सूचना र प्रोपोगान्डाप्रति चिन्ता व्यक्त गर्दै त्यसबाट नआत्तिन आग्रह गरे। उनीहरूले सरकारले गरेका काम सार्वजनिक रूपमा बुझ्ने र गलत प्रचारको जवाफ तथ्यसहित दिनुपर्ने सुझाव पनि दिए।

अभिनेता विपिन कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालका अभिव्यक्तिले ‘सरकार डराएको छैन भन्ने विश्वास थप बलियो भएको’ बताए। अर्का कलाकार निश्चल बस्नेतले भने, ‘सरकारले बोल्दैन भनेर केही दूषित तत्वहरू चर्को स्वरमा कराइरहेका छन्। सही बाटोमा हुनुहुन्छ भने डरिनु पर्दैन। हामी तपाईंको पक्षमा छौं।’

संगीतकार कालीप्रसाद बाँस्कोटाले समाजमा तनाव फैलाउन खोज्नेहरूबारे चेतावनी दिँदै भने, ‘भड्काउन सजिलो छ, सम्हाल्न गाह्रो। अहिले सम्हाल्ने समय हो।’

उता कलाकार विजय बरालले थपे, ‘हामी सबै परिवर्तनको पक्षमा छौं। तर जनताबाट अस्वीकृत एउटा सानो समूह हामीलाई पेल्न खोज्दैछ। त्यो कुरा बुझ्न जरुरी छ।’

प्रधानमन्त्री कार्कीले कलाकारहरूको समर्थनप्रति धन्यवाद व्यक्त गरिन् । ‘तपाईंहरू समाजका प्रभावशाली आवाजहरू हो। दुष्प्रचार चिर्न तपाईंहरूको भूमिका जरुरी छ। हामी असल नियतले काम गर्दैछौं। कसैले गाली गरे पनि त्यसले हाम्रो लक्ष्य बदल्दैन।’

भेटमा अभिनेता विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, रिचा शर्मा, कर्मालगायत उपस्थिति थि। भेटघाटको संयोजन पुकार बमले गरेका बताइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ६ : ५३ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश