झिलिमिलीले चम्किएको धरान « Khabarhub

झिलिमिलीले चम्किएको धरान


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान –‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको झिलिमिली उज्यालोमा चम्किएको छ। देशका अन्य सहरमा जस्तै यहाँ पनि हरेक घरघरमा झिलिमिली बत्ती बालिएका छन्। हरेक सडकका गल्लीमा फूलमालाको सुगन्ध फैलिएको छ। रातिको समयमा बत्तीले शोभा बढाएको देखिन्छ भने दिउँसो बजारको किनमेल र चहलपहलले रौनक थपेको छ।

तिहारलाई फूल, रङ्ग र उज्यालोको पर्व हो। नेपालीका घरघरमा दियो, बत्ती बाल्ने पुरानै चलन हो। समय बदलिएसँगै पछिल्लो समय माटाको दियो र मैनबत्तीको स्थान आधुनिक बत्तीले लिएको छ। यसले विद्युतीय बत्तीको माग बढेको छ। माटोका दियो र मैनबत्ती विरलै देख्न पाइन्छ। व्यवसायी सुलिन श्रेष्ठ पनि परम्परागत दियो र मैनबत्ती करिब विस्थापित भइसकेको बताउँछन्।

घर, पसल र कार्यालयमा रातभर उज्यालो पार्ने चलन बढेको छ। यसले विद्युतीय बत्तीको व्यापार बढी फस्टाएको छ। हाल ३० देखि रु २० हजारसम्मका फरक फरक ‘डिजाइन’ का बत्ती बजारमा उपलब्ध छन्। उनले भने,“हाल धरानका हरेक गल्लीमा झिलिमिली बत्ती टाँगिएका छ, हरेक घरका छतमा झुण्ड्याइएका छन् । यही उज्यालोमा युवायुवतीहरू सेल्फी लिँदै गरेको देखिन्छन्। सामाजिक सञ्जालमा धरानका दृश्य सेयर भइरहेका छन्। देउसी—भैलो खेल्ने समूहले घर घरमा पुगेर सङ्गीत र नृत्यको माधुर्य फैलाइरहेका छन।”

अर्का बत्ती व्यापारी कृष्ण यादव धरानमा हरेक वर्षजसो नयाँ नयाँ स्वरुप र शैलीका बत्तीको माग बढिरहेको बताउँछन्। उनी भन्छन्, “सामाजिक सञ्जालबाट विश्वको अभ्यास हेर्ने मिल्छ, अनि तस्बिर र भिडियो देखाएर यस्तै चाहियो भनेर आउँछन्। यस वर्ष नयाँ डिजाइनका एलइडी स्ट्रिङ, रिमोट कन्ट्रोल बत्ती र नयाँ खालको झिलिमिलीको माग बढेको छ। ग्राहकहरू अब बत्ती मात्र होइन, डिजाइन र रङको मिलान हेरेर तिहारका लागि सामान खरिद गर्छन्। घरको झ्याल, छत र बगैँचासम्म बत्ती सजाउने चलन बढेको छ।”

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडा गत वर्षको तुलनामा यस वर्ष तिहारको व्यापारमा वृद्धि भएको बताउनुहुन्छ। मिठाई, फूलमाला, झिलिमिली बत्ती र अन्य सजावटका सामग्रीको बिक्री करिब २० प्रतिशतले बढेको अनुमान रहेको उनको भनाइ छ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ८ : ०१ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय