पूर्वाधार विस्तारसँगै प्रसिद्ध हम्पाल लेकमा पर्यटकको आगमन बढ्यो | Khabarhub Khabarhub

पूर्वाधार विस्तारसँगै प्रसिद्ध हम्पाल लेकमा पर्यटकको आगमन बढ्यो


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वत, म्याग्दी र कास्कीको सिमानामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । वर्षायाम सकिएलगत्तै दैनिकजसो दर्जनौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ घुम्न र अवलोकन गर्न पुग्ने गरेका हुन् ।

जलजलालाई विभिन्न क्षेत्रसँग जोड्ने व्यवस्थित पदमार्ग, सडक मार्ग र होटल तथा विश्रामस्थललगायत संरचना र आवश्यक पूर्वाधार बनेपछि पर्यटकीय याम सुरु हुनेबित्तिकै पर्यटकको आगमन बढ्ने गरेको हो । गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटमा पर्वतको मोदी गाउँपालिका–१ माटेबाट जलजलासम्म दुई किलोमिटर लामो ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ ।

पर्यटन तथा उद्योग कार्यालयमार्फत सञ्चालित उक्त आयोजनाअन्तर्गत तीन ठाउँमा विश्रामस्थल पनि बनाइएको उपभोक्ता समितिका सचिव टीका पुनको भनाइ छ । उनका अनुसार यस पदमार्गले दुलेखानी र वाइफाइडाँडामा चौतारीसहित विश्रामस्थल र दृश्यावलोकनस्थल थप गरिएको छ । समुद्री सतहबाट तीन हजार ३०० मिटर उचाइमा रहेको माटेबाट दुई हजार मिटर उचाइमा रहेको जलजलासम्मको यात्रामा अन्नपूर्ण र धवलागिरि हिमश्रृङ्खलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीका ग्रामीण बस्तीको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

मृगलगायत जङ्गली जनावर पनि देख्न सकिन्छ । यसअघि व्यवस्थित बाटो नहुँदा पर्यटकले बाटो बिराउने र जोखिम मोल्नुपर्ने समस्या भएर पर्यटकको सङ्ख्या कम भए पनि अहिले सबैतिरबाट पूर्वाधार सम्पन्न भएपछि पर्यटकको सङ्ख्या बढ्दै जान थालेको समितिका सचिव पुनको भनाइ छ ।

अहिले यहाँ पर्वत, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, काठमाडाैँ, चितवनका जो पदयात्रा गर्न रुचाउँछन् । त्यस्ता पर्यटक बढी मात्रामा आउने गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । पछिल्लो समय विभिन्न म्युजिक भिडियो र फिल्म छायाङ्कनका लागि कलाकार तथा सर्जकहरूको उल्लेख्य मात्रामा उपस्थित हुने गरेका छन् ।

केही दिनअघि पदयात्रा गर्दै हम्पाल लेक पुगेका वरिष्ठ मुटुरोग विशेषज्ञले यो क्षेत्र नेपालकै सुन्दर र रमणीय रहेको बताउँदै यसलाई पर्याप्त प्रचारप्रसार गर्नसके भविष्यमा लाखौँ पर्यटक भित्र्याउन सकिने प्रतिक्रिया दिए । यो पदमार्गलाई अन्नपूर्ण चक्रीय पदमार्गका रूपमा समेत बाह्य पर्यटकले प्रयोग गर्दै आएका छन् ।

अन्नपूर्ण पदमार्गअन्तर्गत कास्कीको नयाँपुलदेखि घान्द्रुक र तिखेढुङ्गासम्म सडक विस्तार भएपछि बाह्य पर्यटकहरू यो पदमार्गमा हिँड्न थालेको पर्यटन व्यवसायी मनबहादुर भण्डारीले बताए । चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले विनियोजन गरेको थप रु २० लाख बजेटबाट जलजलाबाट म्याग्दीको मोहरेडाँडातर्फ पदमार्ग निर्माण गरिने उनको भनाइ छ ।

यसअघि वाइफाइडाँडामा आश्रयस्थल भवन र जलजलामा विद्युत् सुविधा पुर्‍याइएको थियो । हिन्दू धार्मिकग्रन्थ रामायणमा कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको जलजला विभिन्न जडीबुटीले भरिपूर्ण जैविक विविधतायुक्तस्थल हो । यहाँको हम्पालमा धार्मिक पूर्वाधार र प्रवर्द्धनका गतिविधि सञ्चालन गरिएका छन् भने पहाडका बीचमा रहेको सीमक्षेत्रमा बाँध थुनेर कृत्रिम तलाउ बनाउने योजना पनि अघि सारिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ११ : ५८ बजे

काठका भाँडा बनाएर गाउँमै उद्यमी बनेका रामबहादुर

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४२ वर्षीय रामबहादुर चौधरीले काठका भाँडाकुँडा

काठमाडौँ उपत्यकामा मापसे जाँचमा कडाइ

काठमाडौँ- काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध

हराउँदैछ हिउँ चितुवाको वासस्थानसँगै आहारा

काठमाडौँ- विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित

जेन-जी आन्दोलनमा ज्यान गुमाएकालाई सम्झिँदै विश्वप्रकाश: घरमा देउसीलाई स्वागत गर्न सकिएन

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हालै भएको जेन-जी आन्दोलनका

सुधन गुरुङ भन्छन् : हजारवटा सिंहदरबार बनाइदिन सक्छु, यही संविधानमा टेकेर नेताहरूलाई हान्छौँ (भिडियो)

काठमाडौं- आफूलाई जेन-जी आन्दोलनको नेताका रुपमा परिचित गराउँदै आएका सुधन