वुमन्स च्याम्पियन्स लिग विजेता टोलीले ७ लाख पाउने « Khabarhub

वुमन्स च्याम्पियन्स लिग विजेता टोलीले ७ लाख पाउने


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो पटक हुने लागेको महिला टि–२० क्रिकेट लिगको विजेता टोलीले ७ लाख पाउने भएको छ ।

आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टको आयोजनामा असोज २९ गतेदेखि कात्तिक ७ गतेसम्म आयोजनक हुने वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको विजेताको ७ लाख पाउँदा उपविजेताले ३ लाख पाउनेछन् ।

यस्तै, व्यक्तिगत पुरस्कारतर्फ प्लेयर अफ दि म्याचले १ सय २५ सीसीको टिभियसको स्कुटरसहित ५० हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

उत्कृष्ट बलर र ब्याटरले २५ हजार रुपैयाँ नगद पाउने बताइएको छ । यस्तै, प्रत्येक खेलको वुमन अफ दि म्याचले नगद रु ५ हजार र ट्रफी पाउने जनाइएको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा देशभरका ५ शहरका ५ टिम सहभागी छन् ।

प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा २९ गते काठमाडौं क्विन्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। लिग चरणको उद्घाटन हुने दिन बाहेक अन्य दिन २–२ वटा खेल हुनेछन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ५ : ५६ बजे

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज

सीटीइईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइईभीटी) को रिक्त