छठको तयारीमा स्थानीय हाटबजारमा भीड « Khabarhub

छठको तयारीमा स्थानीय हाटबजारमा भीड


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सिरहा – लक्ष्मीपूजाको छैटौँ दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिनदेखि सुरु हुने छठपर्व नजिकिँदै गर्दा सिरहासहित मधेस प्रदेशका विभिन्न स्थानका स्थानीय बजारहरूमा किनमेलको चहलपहल बढेको छ ।

लहान नगरपालिका–५ स्थित नयाँ बजारको साप्ताहिक हटियामा शुक्रबार बिहानदेखि नै छठ पूजाका सामग्री किन्ने भक्तजनहरूको ठूलो भीड देखिएको छ । बाँस, माटो, फलफूल र हरियो तरकारीसहितका सामान खरिद गर्न आएका श्रद्धालुहरूका कारण बजार दिनभरै खचाखच रहेको थियो ।

छठपर्वका लागि आवश्यक बाँसका कोनिया, ढाकी, नाङ्लो, माटोका हात्ती, दियोलगायत सामग्रीका साथै केरा, नरिवल, उखु, भोगटे, हरियो बोडी, मुला, अदुवाको बोट र अन्य पूजा सामग्रीको बिक्री व्यापक रूपमा भएको छ । व्यापारीहरूले पनि यो पर्वलाई लक्षित गर्दै पर्याप्त मात्रामा सामग्री भण्डारण गरेका छन् ।

सिरहा, धनुषा, सप्तरी, महोत्तरी, सर्लाहीलगायत जिल्लाहरूमा अहिले छठपर्वको रौनक फैलिएको छ । बजारहरू रङ्गीन वस्तु, पूजा सामग्री र पारम्परिक मिठाइहरूले सजिएका छन् भने नदीघाट र पोखरीहरूमा बर्तालुहरूले घाट सफा गर्ने र सजाउने तयारी सुरु गरेका छन् ।

लहान–५ को स्थानीयवासी पार्वती चौधरी भन्छन्, “छठ हाम्रो संस्कृति र आस्थाको पर्व हो । चार दिन उपवास गरेर सूर्य भगवान्लाई अघ्र्य दिँदा मन शुद्ध र परिवार सुखी हुने विश्वास छ ।”

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : २४ बजे

रुद्राक्ष खेतीबाट राम्रो आम्दानी

भोजपुर – अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल जेठ २६ गते मंगलबार अधिक जेठ

आज २०८३ साल जेठ २६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २६ गते मंगलबार अधिक जेठ

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति