कुश्मामा भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते « Khabarhub

कुश्मामा भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

पर्वत – मध्यपहाडी राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ छमर्केमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी छ जना घाइते भएका छन् ।

बागलुङबाट कुश्मातर्फ आउँदै गरेको ग१ज ९०२३ नं को इभी भ्यान र विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०२–०५३ प ९८३४ नंको मोटरसाइकल ठोक्किँदा चार जना महिला र दुई पुरुष घाइते भएका हुन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक धादिङको सिद्दलेख गाउँपालिका वडा नं १ नलाङ बस्ने २९ वर्षीय सुजन तिमिल्सिना, इभी भ्यानमा सवार बागलुङ नगरपालिका वडा नं १० भकुण्डे बस्ने ७० वर्षीया वृद्धा रेवती थापा, कास्कीको मादी गाउँपालिका–२ की ७२ वर्षीया पवि थापा, सोही ठाउँकी ४३ वर्षीया इन्दिरा थापा, पोखरा महानगरपालिका–१३ लेखनाथ बस्ने १४ वर्षीय रविन श्रेष्ठ र बागलुङ नगरपालिका–१३ बलेवा बस्ने ३५ वर्षीया जानकी खत्री रहेका छन् ।

घाइतेमध्ये सुजन तिमिल्सिना, रेवती थापा र रविन श्रेष्ठलाई थप उपचारका लागि अन्नपूर्ण अस्पताल पोखरा पठाइएको छ भने अन्य घाइतेहरूको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक समित श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : ४८ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत