समाजवादी पार्टीकी नेतृ साहको रिहाइको माग « Khabarhub

समाजवादी पार्टीकी नेतृ साहको रिहाइको माग


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विद्यार्थी संघले समाजवादी पार्टीकी नेतृ तथा अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी अध्यक्ष सुनिता साहको रिहाइको माग गरेको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संघले साह पक्राउको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रिहाइएको माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विरोध गर्न पाउने संविधान प्रदत्त अधिकारको खिल्ली उडाएर साहप्रति गरिएको व्यवहार नसच्याए तथा तत्कार रिहाइ नगरे त्यसपछि उत्पन्न परिणामको भागेदार सरकार र सम्बन्धित पक्ष हुने जानकारी गराउँदछौं ।’

गत शुक्रबार साहलाई सप्तरीस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त कमलपोखरीले पत्राचार गरेकाले उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको थियो ।

कमलपोखरी वृत्तमा रहेको पुरानो मुद्दाका सन्दर्भमा पक्राउ गर्न पत्र आएपछि नेतृ साहलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको थियो ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा भएको प्रदर्शनमा कमलपोखरी वृत्तले नेतृ साह लगायत १० जनालाई पक्राउ गरेको थियो। सोही क्रममा साहविरुद्ध पनि अभद्र व्यहारको मुद्दा चलाइएको थियो ।

यो पटक चिनयाँ राष्ट्रपति आउँदा विरोध प्रदर्शन गर्न सक्ने आशंकामा उनलाई पक्राउ गरिएको समाचारहरु सार्वजनिक भएका थिए ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ७ : ५० बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई