क्यानको निलम्बन शसर्त फुकुवा गर्ने आईसीसीको निर्णय « Khabarhub

क्यानको निलम्बन शसर्त फुकुवा गर्ने आईसीसीको निर्णय


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झण्डै चार वर्षदेखि निलम्बनमा रहेको नेपाल क्रिकेट संघको निलम्बन सशर्त फुकुवा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को दुबईमा बसेको बोर्ड बैठकले अन्तर्राष्ट्रिय निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) लाई शसर्त फुकुवा गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको बैठकले २०१६ देखि निलम्बनमा रहेको क्यानको फुकुवा प्रक्रियामा अगाडि बढाएको जनाएको छ । सरकारी हस्तक्षेप र आर्थिक अपारदर्शितालाई मुख्य कारण मान्दै आईसीसीले क्यानलाई निलबन गरेको थियो ।

तर, आईसीसीको रोडम्याप अनुसार क्यानको नयाँ विधान बनाएर जिल्ला प्रदेश हुँदै केन्द्रीय निर्वाचन सम्पन्न भएसँगै आईसीसीले निलम्बन फुकुवाका लागि प्रक्रिया अगाडि बढाएको हो ।

असोज १० र १२ गते भएको क्यानको निर्वाचनबाट चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति बनेसँगै निलम्बन फुकुवा प्रक्रिया अगाडि बढेको हो ।अब क्यानले निलम्बवन फुकुवा नभएसम्म आईसीसीको मार्ग निर्देश अनुसार अगाडि बढ्नु पर्नेछ ।

क्यानको नयाँ कार्यसमिती आए पनि आइसीसीले पूर्ण रुपमा विश्वस्त भएर निलम्बन फुकुवा गर्नुका साँटो चरणबद्ध रुपमा आफूले निर्देशन दिएका कामहरु गर्दै गएपछि मात्र पूर्ण रुपमा निलम्बन फुकुवा गर्ने आईसीसीका अध्यक्ष शसांक मनोहरले बताएका छन् ।

उनले भने,‘नेपालमा भएको प्रगतिलाई हेर्दै, एसोसिएट सदस्यताको सबै मापदण्डहरु पालना गर्न नेपाल क्रिकेट संघको संक्रमणकालीन योजना बनाइनेछ, जसमा नियन्त्रित फण्डिङ पनि हुनेछ ।’

आईसीसीले तत्कालका लागि के के शर्तहरु क्यानले पूरा गर्नु पर्छ भनेर खुलाएको छैन्। आईसीसीको मिडिया रिलिलमा उसले दुई शर्त भने खुलाएको छ।

जसमा  पहिलो  एसोसिएट राष्ट्रहरुले पालना गर्नु पर्ने मापदण्ड र नियमहरु पालना गर्नु पर्ने र दोस्रो शर्तका रुपमा क्यानको फण्ड आईसीसीको नियन्त्रणमा रहने कुरा उल्लेख छ ।

अब निलम्बन पूर्ण फुकुवा नभएसम्म क्यानले शीर्षक अनुसार आइसीसीबाट आउने रकम पाउने छ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ८ : २९ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई