अमेरिका–चीन व्यापार वार्ता ‘निकै रचनात्मक’ « Khabarhub

अमेरिका–चीन व्यापार वार्ता ‘निकै रचनात्मक’


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- संयुक्त राज्य अमेरिका र चीनबीच शनिबार मलेसियामा भएको व्यापार वार्ता ‘निकै रचनात्मक’ भएको अमेरिकी अर्थमन्त्रालयका प्रवक्ताले बताएका छन् । उनले एएफपीसँग भने,“आजको वार्ता सकिएको छ । वार्ता प्रतिनिधिहरूले धेरै रचनात्मक काम गरेका छन्, र हामी आशा गर्छौँ भोलि बिहान फेरि वार्ता सुरु हुनेछ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनका उपप्रधानमन्त्री हे लिफेङसँग मलेसियाको मर्डेका ११८ मा भेटवार्ता गरेका हुन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच आगामी बिहीबार दक्षिण कोरियामा भेटवार्ता हुने अपेक्षा गरिएको छ। अक्टोबर ३१ देखि सुरु हुने एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा आयोजित बैठक रद्द गर्ने चेतावनी दिए पनि पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग ‘राम्रो’ सम्झौता गर्ने र व्यापार युद्ध अन्त्य गर्ने आशा व्यक्त गरेका छन् ।

बेइजिङले यस महिना महत्वपूर्ण दुर्लभ खनिज तथा धातुको निर्यातमा व्यापक नियन्त्रण गर्ने घोषणा गरेपछि प्रतिवादमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट हुने आयातमा १०० प्रतिशत कर लगाउने चेतावनी दिएका थिए ।

अमेरिकी व्यापार ऐनको ‘धारा ३०१’ को अनुसन्धानले उद्योगमा बेइजिङको प्रभुत्व अनुचित भएको निश्कर्ष निकालेपछि दुई देशले एक अर्काको जहाजमा आगमन शुल्क पनि लिन थालेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ७ : ०७ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा