अर्थमन्त्रीलाई नाफिजको प्रतिवेदन « Khabarhub

अर्थमन्त्रीलाई नाफिजको प्रतिवेदन


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले तयार पारेको ‘जेनजी आन्दोलन (ध्वंश) पछिको अर्थतन्त्रको मार्गचित्र’ नामक प्रतिवेदन सरकारलाई बुझाइएको छ ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति र मुलुकको अर्थतन्त्रबारे अध्ययन गरिएको उक्त प्रतिवेदन नाफिज अध्यक्ष मेनुका कार्कीले आज अर्थमन्त्री डा रामेश्वर खनाललाई हस्तान्तरण गरिन् ।

कार्कीले भूकम्प, नाकाबन्दी र कोभिडले थलिएको अर्थतन्त्र क्रमशः सुधारोन्मुख भइरहेका बेला ‘जेनजी’ प्रदर्शनका क्रममा भएको घुसपैठले थप क्षतिग्रस्त हुन पुगेको बताउँदै त्यसको पूर्ति गर्न ठूलो स्रोतसाधन खर्चिनुपर्ने आवश्यकता औँल्याइन् ।

अर्थमन्त्री खनालले यही प्रदर्शजका क्रममा भएको क्षति बिमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्था भए सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले सरकारले हाल क्षतिको आधिकारिक तथ्याङ्क सङ्कलन गरिरहेको र क्षतिको विवरण आएपछि व्यवसायीलाई आवश्यक सहयोग गरिने बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ७ : ४९ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला