चीनमा हुने ‘ट्रेडिसनल आर्चरी’ मा नेपाल सहभागी « Khabarhub

चीनमा हुने ‘ट्रेडिसनल आर्चरी’ मा नेपाल सहभागी


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय ‘ट्रेडिसनल आर्चरी’ आमन्त्रण प्रतियोगिता तथा दशौँ ‘जेन्झी कप’ आर्चरी आमन्त्रण प्रतियोगितामा नेपाल सहभागी भएको छ । 

प्रतियोगितामा हङ्गेरी, थाइल्यान्ड, म्यान्मा र नेपालका साथै चीनका ग्वाङ्डोङ, सान्डोङ, छोङछिङ, आनहुइ, छिङहाइ, थियानजीन, हङकङ र युनान प्रान्तका खुनमिङ, क्विजिङ, फुमिन, दाली, लिजियाङ, शाङ्ग्रिलालगायत स्थानबाट १६० खेलाडी सहभागी भएका काठमाडौं जेन्झी ट्रेडिसनल आर्चरीले जनाएको छ । 

नेपालबाट काठमाडौं जेन्झी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट सङ्घका सचिव राजीव महर्जन सहभागी भएका थिए । नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न  स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युनान र खुन्मिङ जेन्झी आर्चरी क्लबले सहकार्य गर्ने प्रतिबद्धता जनाएका सचिव महर्जनले बताए  । 
 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १ : ४१ बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण