१९ प्रतिशतले बढ्यो आयात, आयात निर्यातमा सोयाबिन तेल अगाडि « Khabarhub

१९ प्रतिशतले बढ्यो आयात, आयात निर्यातमा सोयाबिन तेल अगाडि


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ३ महिनामा अघिल्लो आर्थिक वर्षका सोही अवधिको तुलनामा १९.७९ प्रतिशतले आयात बढेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ३ खर्ब ९० करोड ७५ लाख २३ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट ७२ अर्ब ७८ करोड २८ लाख ५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्म नेपालबाट ३८ अर्ब ३७ लाख ८७ लाख १७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको ३ महिनामा आयात निर्यात दुवै बढ्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार २६.०४ प्रतिशतले बढेको छ भने व्यापार घाटा १२.१८ प्रतिशतले बढ्न पुगेको छ ।

चालु आर्थिक वर्षको ३ महिनामा सबैभन्दा धेरै आयात सोयाबिन तेल र त्यसको कच्चा पदार्थको ३० अर्ब २४ करोड ८७ लाख १२ हजार रुपैयाँको भएको छ भने दोस्रो धेरै आयात हुने वस्तुमा डिजेल रहेको छ ।

त्यस्तै, समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै ३० अर्ब ६९ करोड ७८ लाख ३५ हजार रुपैयाँ बराबरको सोयाबिन तेल र सो सँग सम्बन्धित कच्चापदार्थको निर्यात भएको भन्सार विभागले जनाएको छ । समीक्षा अवधिमा कार्पेट, टेक्सटाइल २ अर्ब ५७ करोड ५४ लाख ७ हजार रुपैयाँ बराबरको भएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ३ : ३१ बजे

पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुँदा सेवाग्राहीलाई सहज

तनहुँ– तनहुँका पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार

यु–१९ एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो

महबाट करोडको कारोबार

कैलाली– परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर– भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै

बजार अनुमगनलाई तिव्रता दिँदै विभाग

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौंका विभिन्न